सुकृत नेपाल
काठमाडौँ, फागुन १५ गते । ‘चिसो एस्ट्रे’ एउटा मौलिक कथामा बनेको चलचित्र हो । यो पोस्ट मोर्डन टाइमको ड्रामा हो, जुन हाम्रो चर्चित कवि भूपी शेरचनको कविता ‘चिसो एस्ट्रे’बाट प्रभावित छ । चलचित्र कमिङ अफ एज ड्रामामा पर्छ । एउटा गाउँले ठिटो, कसरी सहरिया ठिटो बन्ने चक्करमा एउटा चुरोटको ठुटो बन्छ भन्ने कुरा चलचित्रमा पस्कन खोजिएको कलाकार निकुन श्रेष्ठ बताउनुहुन्छ ।
तपाईंको दिनहरू कसरी बित्दै छ ?
अहिले चलचित्र ‘चिसो एस्ट्रे’ को प्रमोसनमा नै बित्दैछ । अर्को मेरो आफ्नै कम्पनी मोनक प्रोडक्सनको नयाँ चलचित्रको तयारी भइरहेको छ ।
कसरी यो क्षेत्रमा प्रवेश गर्नुभयो ?
मैले २०१० मा ‘हाम्रो टिम’ भन्ने सिरियल जुन भूषण दाहालले निर्देशन गर्नुभएको थियो । त्यसैबाट अभिनय यात्रा अघि बडाएको हो । त्यसपछि चलचित्र ‘छड्के’ को अडिसन कलमा बोलाउनुभएको थियो । यहीँबाट नै हो
तपाईंलाई यस क्षेत्रमा लाग्दा कलाकारिताको औपचारिक तालिम लिनु परेन ?
मलाई लिनुपर्यो । म २०१४ मा मुम्बईबाट किशोर नवहित कपुरबाट पास आउट भए । त्यसपछि फेरि आएर मलाई सुनिल पोखरेल सरसँग क्लास लिन मन थियो । मैले नेपाल आएर उहाँसँग पनि क्लास लिए ।
अहिलेसम्म कतिवटा चलचित्रमा काम गर्नुभयो ?
अहिलेसम्म मैले चारवटा चलचित्रमा काम गरेँ । छड्के, शून्य, झिङराणा र चिसो एस्ट्रे हो । एउटा प्रदर्शन हुन बाँकी छ ।
तपाईं कुन कलाकारबाट बढी प्रभावित हुनुहुन्छ ?
म सौगात मल्ल, विपिन कार्की, अर्पण थापा, दयाहाङ राईको अभिनयबाट प्रभावित छु ।
कस्तो चलचित्र हो ‘चिसो एस्ट्रे ?
यो चलचित्र एउटा मौलिक कथामा बनेको छ । पोस्ट मोर्डन टाइमको ड्रामा हो, जुन हाम्रो चर्चित कवि भूपी शेरचनको कविता ‘चिसो एस्ट्रे’ बाट प्रभावित छ । चलचित्र कमिङ अफ एज ड्रामामा पर्छ । एउटा गाउँले ठिटो । कसरी सहरिया ठिटो बन्ने चक्करमा एउटा चुरोटको ठुटो बन्छ भन्ने कुरा नै चलचित्रको मुख्य कथा हो ।
‘चिसो एस्ट्रे’मा तपाईंको भूमिका के हो ?
चलचित्रमा मेरो क्यारेक्टरको नाम रोनी हो । उसको बारेमा भन्नुपर्दा ऊ सहरिया गाई हो । ठमेलको सङ्घर्षरत गायक पनि हो । यो रोनी डाउनलोडरोड भन्ने एउटा ठाउँको रैथाने पनि हो । डाउडलोडरोड काठमाडौँ सहरको वरिपरिबाट नै प्रभावित छ, जहाँ हामीले सबैकुरा डाउनलोडेड देख्छौँ । एम पी थ्री चलचित्र मात्र नभएर यसमा हामीले लगाउने लुगा, भाषा, विचार यहाँसम्म कि हामीले देख्ने सपनाहरू पनि पाइरेटेड छ । कपिड छ, ओर्जिनल भन्ने कुरै छैन । यो ठाउँमा युवापुस्ताको आकर्षण बढी नै जमात धेरै छ । अलिकति रमाइलो पनि छ । लाइफ छ । कलरफुल छ । रात्रिकालीन रात्रिको आनन्द छ । यस्तै यस्तै कपिड कुराहरूको सङ्गालो नै चलचित्र हो ।
कस्ता खालका चलचित्र हेर्न मन पराउनुहुन्छ ?
मलाई डार्क कमेडी, थ्रिलर पिरियोडिक तथा पुराना चलचित्रहरू हेर्न मन लाग्छ ।
चलचित्र भनेको के हो ? मनोरञ्जनको साधन, साधना, उपदेश, ज्ञान दिने माध्यम वा अधिकांश दर्शकको मनमा तरङ्ग ल्याउने प्रयास ?
चलचित्र भनेको एउटा समूहले बनाएको चित्र हो । जहाँ एउटा कथा हुन्छ । त्यस कथाभित्र घटेका कुराहरू चलचित्रमा देखाउन खोजिएको हुन्छ । जसले एउटा परिवर्तन पनि ल्याउन खोज्छ । मलाई चलचित्र भन्नेकुरा एकदमै पावरफुल लाग्छ । किनभने, यसले पाँच वर्ष अघिको कुरा पाँच वर्षपछिसम्म पनि ताजै बनाइदिन्छ । चलचित्रले निकै ठूलो परिवर्तन ल्याउन सक्छ ।
तपाईंको अभिनयबाट समाजले के पाएको छ त ?
मैले दिन खोज्ने भनेको मनोरञ्जन नै हो । समाजको पात्रहरूको देखाइ, बुझाइ, मैले एउटा तरिकाले नियालेको हुन्छु र मैले त्यही कुरा समाजलाई देखाउन खोज्छु । म समाजमा देखेको कुराहरूमा अभिनय गर्ने प्रयास गर्छु । मलाई आफ्नो अभिनयबाट समाजमा परिवर्तन ल्याउन सक्छु भन्ने नै कलाकाररिताको दायित्व हो जस्तो लाग्छ ।
मानिसको जीवनमा मनोरञ्जनको के अर्थ रहेको छ ?
जीवनमा मनोरञ्जन अत्यन्तै आवश्यक छ । यदि मनोरञ्जन भएन भने जीवन रमाइलो हुँदैन । तपाईंले दिने मनोरञ्जन कुन वर्गको लागि हो । यो वर्ग त्यो वर्गलाई होइन । आफू युवा भएकाले मनोरञ्जन भनेको मुख्यतय युवापुस्ताकै लागि नै हो जस्तो लाग्छ ।
फुर्सदको बेला के गर्न रुचाउनुहुन्छ ?
फुर्सदमा मलाई डिजेइङ गर्न मन पर्छ । म एउटा डिजे पनि हो । त्यसपछि यात्रा, सामाजमा देखिने अनेकन पात्रलाई मलाई नियाल्न मन लाग्छ । मलाई सानोसानो कुराहरूमा अनुसन्धान गर्न रमाइलो लाग्छ । सङ्गीत सुन्न र साथीभाइ भेट्न पनि म धेरै रुचाउँछु ।