logo
२०८१ मंसिर ६ बिहीवार



अभिनेता पल शाहलाई सात दिन हिरासतमै राख्न अदालतको आदेश

मनोरञ्जन |


अभिनेता पल शाहलाई सात दिन हिरासतमै राख्न अदालतको आदेश


काठमाडौं, फागुन १५ गते । जिल्ला अदालत तनहुँले बलात्कार आरोपी अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । चार दिनअघि नाबालिग एक गायिकाले उहाँविरुद्ध बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिनुभएको हो ।

यस्तै, अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गर्नु भएको थियो । अहिले पल प्रहरी हिरासतमै हुनुहुन्छ ।

गैँडाकोट क्षेत्रमा बलात्कार गरेको भन्दै पीडित नाबालिका गायिकाले इलाका प्रहरी कार्यालय गैँडाकोट नवलपुरमा अर्को किटानी जाहेरी दिनुभएको छ । जाहेरीमा ७ चैतमा गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ ।

‘एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका थिए’ जाहेरीमा भनिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?