logo
२०८१ जेष्ठ २ बुधवार



'प्रेमगञ्ज'को प्रदर्शन मिति सार्वजनिक

मनोरञ्जन |


'प्रेमगञ्ज'को प्रदर्शन मिति सार्वजनिक


काठमाडौं, फागुन २१ गते । नेपाली फिल्म 'प्रेमगञ्ज' को प्रदर्शन मिति तय गरिएको छ । भाद्र तीन गतेबाट फिल्म प्रदर्शनमा आउने घोषणा गरिएको हो ।

निर्माण टिमले सार्वजनिक गरेको भिडियोमा नीर शाह, विकासराज आचार्य, नरेन्द्र महर्जन, छवि ओझा, दीपेन्द्र के खनाल लगायतका व्यक्तिहरुले शुभकामना दिनुभएको देख्न सकिन्छ ।

यो फिल्म तेज गिरीको डेब्यु फिल्म हो । तेज र बेनिशा बाहेक फिल्ममा सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय  छ । सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन् । यस्तै, फिल्ममा नरेश पौडेल, रश्मि भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।

फिल्ममा परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको छ । यस्तै, सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?