logo
२०८१ जेष्ठ २ बुधवार



'चिसो एष्ट्रे' को शीर्ष गीत सार्वजनिक

मनोरञ्जन |


'चिसो एष्ट्रे' को शीर्ष गीत सार्वजनिक


काठमाडौं, फागुन २१ ग्ते । रविन तामाङको स्वर रहेको 'चिसो एष्ट्रे' को शीर्ष गीत सार्वजनिक गरिएको छ । उहाँकै शब्द तथा संगीत रहेको फिल्मको शीर्ष गीत शुक्रबार नेपाल फिल्म क्याम्पसका विद्यार्थीबीच सार्वजनिक गरिएको हो ।

अभिनयमा जम्नुअघि थुप्रै रक गीत गाएका तामाङ आजभोलि संगीतभन्दा ज्यादा अभिनयमा नै सक्रिय हुनुहुन्छ । केही समय पहिले उहाँले अमेजन प्राइममा प्रसारण भएको हिन्दी सिरिज ‘दि लास्ट आवर’मा मुख्य भिलेनको भूमिका निर्वाह गर्नुभएको थियो जसले भारतमा निकै चर्चा पाएको थियो

रविन तामाङ लामो समयपछि ‘चिसो एष्ट्रे’मार्फत पर्दामा देखिँदैछन्। फिल्म होलीको भोलिपल्ट अर्थात चैत ४ मा रिलिज हुँदैछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?