logo
२०८१ जेष्ठ २ बुधवार



मेलिना र निराजनको 'तिमी मनमा बसेछौ'

मनोरञ्जन |


मेलिना र निराजनको 'तिमी मनमा बसेछौ'


काठमाडौं, फागुन २१ गते । मेलिना राई र निराजन राईको स्वर रहेको ‘तिमी मनमा बसेछौ’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियो ‘प्यासिफिक प्रोडक्शन्स’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा निराजन राईको शब्द तथा संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको छ । भिडियोमा अशु न्यौपाने र गगन शाहीको अभिनय देख्न सकिन्छ ।

चानस पुन मगर निर्देशित भिडियोमा अनिश स्याङ्देनको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ । यस रोमान्टिक भिडियोको छायांकन बुटवल, लुम्बिनी, भैरहवा लगायतका स्थानहरुमा गरिएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?