logo
२०८१ जेष्ठ २ बुधवार



ठगी मुद्दामा सोनाक्षी सिन्हाविरुद्ध वारेन्ट जारी

मनोरञ्जन |


ठगी मुद्दामा सोनाक्षी सिन्हाविरुद्ध वारेन्ट जारी


काठमाडौं, फागुन २२ गते । भारतीय चर्चित अभिनेत्री सोनाक्षी सिन्हाविरुद्ध उत्तर प्रदेशको मुरादाबादको एसीजेएम अदालतले चार वर्ष पुरानो ठगी मुद्दामा गैर जमानती वारेन्ट जारी गरेको छ । यससँगै उहाँलाई २५ अप्रिलमा अदालतमा हाजिर हुन पनि आदेश दिइएको भारतीय सञ्चार माध्यमले जनाएकाे हाे ।

सोनाक्षीमाथि सन् २०१९ मा दिल्लीको एक कार्यक्रममा सहभागी हुन ३७ लाख रुपैयाँ लिएको आरोप छ । पैसा लिएर सोनाक्षी कार्यक्रममा उपस्थित भएनन् । त्यसपछि उहाँले कार्यक्रम आयोजकको पैसा समेत फिर्ता गर्नुभएको थिएन ।

मुरादाबादको कटघर थाना इलाकामा बस्ने कार्यक्रमका आयोजक प्रमोद शर्माले कार्यक्रमको योजना बनाउनुभएको थियो । जसमा सोनाक्षीलाई प्रमुख अतिथिका रूपमा निम्तो दिइएको थियो । तर, अभिनेत्री भने कार्यक्रममा उपस्थित भएनन् ।

त्यसपछि कार्यक्रमका आयोजक प्रमोदले अभिनेत्रीसँग आफ्नो पैसा फिर्ता मागेका थिए । सोनाक्षीका प्रबन्धकले भने उहाँलाई पैसा फिर्ता दिन अस्वीकार गरेको आरोप छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?