logo
२०८१ जेष्ठ २ बुधवार



पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति

मनोरञ्जन |


पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति


काठमाडौं, फागुन २२ गते । नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।

तनहुँ प्रहरीका अनुसार शाहले पोखरा, तनहुँ, चितवन लगायतका स्थानमा बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

अभिनेता शाह गत फागुन १५ गते पक्राउ पर्नु भएकाे थियाे । उहाँ आफैँ तनहुँस्थित जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुनुभएका थियाे । पक्राउ परेलगत्तै जिल्ला अदालतले एक हप्ताको म्याद थपेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?