logo
२०८१ जेष्ठ ३ बिहीवार



'आफू पनि चुरोटको ठुटाे नै हुन्छु कि भन्ने डर थियो' : निर्देशक दिनेश पाल्पाली

मनोरञ्जन |


'आफू पनि चुरोटको ठुटाे नै हुन्छु कि भन्ने डर थियो' : निर्देशक दिनेश पाल्पाली


काठमाडौं, फागुन २२ गते । नेपाली चलचित्र ‘चिसो एस्ट्रे’ का निर्देशक दिनेश पाल्पालीले फिल्म सुटिङका बेला गाह्रो र धेरै मिहिनेत गर्नुभएको बताउनुभएको छ । 'आफू पनि चुरोटको ठुटाे नै हुन्छु कि भन्ने डर लागेको थियो, मानसिक तनाव त्यति सम्म भएको थियो,' उहाँले भन्नुभयो ।

अभिनेत्री सृष्टि श्रेष्ठले फिल्म ‘चिसो एस्ट्रे’ अभिनयबाट जीवनलाई अझ नजिकबाट बुझ्न सजिलो भएको बताउनुभयो । 'फिल्म ‘चिसो एस्ट्रे’ मेरो लागि कलाकारिताको एउटा काम मात्र होइन । जीवन के हो, जीवनका पोजेटिभ र नेगेटिभ कुरा के र कति महत्वपूर्ण सबै सिक्न पाँए’, श्रेष्ठले भन्नुभयो, 'यतिको मिहिनेत र डेडिकेसन भएर काम गर्ने याे पहिलो टिम हो ।’ उहाँले अभिनयबाट सिकेको कुरा आफ्ना जीवनमा पनि लागू गर्नेसमेत बताउनुभयो । श्रेष्ठलाई यो फिल्ममा एक सालिन भूमिकामा देख्न सकिनेछ ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा अभिनेत्री श्रेष्ठले ‘चिसो एस्ट्रे’ ले व्यवसाय गर्छ गर्दैन अहिले नै भन्न नसक्ने बताउँदै फिल्म भने राम्रो र फरक बनेको दाबी गर्नुभयो ।

अभिनेता दिव्य देवले भने 'चिसो एष्ट्रे'को यात्रा सुन्दर रहेको बताउनुभयो । 'चिसो एष्ट्रे' मेरो लक्की चार्म हो, उहाँ भन्नुहुन्छ, 'यो फिल्मले भौतारिएको मलाई एक सुन्दर नयाँ दिशा देखाएको छ ।'

फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रविन तामाङको मुख्य भूमिका देख्न सकिन्छ । फिल्म हाेलीकाे भाेलि अर्थात चैत ४ गतेबाट प्रदर्शनका आउने भएकाे छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?