logo
२०८१ जेष्ठ २ बुधवार



गुरमितको 'कुछ बातें' सार्वजनिक

मनोरञ्जन |


गुरमितको 'कुछ बातें' सार्वजनिक


काठमाडौं, फागुन २६ गते । पोखरा र बन्दीपुरमा छायाङ्कन गरिएको म्युजिक भिडियाे 'कुछ बातें' सार्वजनिक गरिएको छ । पायल देव र जुबिन नौटियालको स्वर रहेको गीतलाई टी सिरिजले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।

पायल देवकै सङ्गीत रहेको भिडियोमा आशिष पाण्डाको निर्देशन छ । भिडियोमा भारतीय अभिनेता गुरमित चौधरीसहित पायल, मुस्कान सेठी र साना खान फिचर्ड छन् ।

यसैगरी नेपाली अभिनेत्री रश्मि भट्टले पनि यो गीतको भिडियोमा अभिनय गर्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?