logo
२०८१ जेष्ठ २ बुधवार



चलचित्र ‘परदेशी –२’आउँदो दशैंमा प्रदर्शन हुने

मनोरञ्जन |


चलचित्र ‘परदेशी –२’आउँदो दशैंमा प्रदर्शन हुने


काठमाडौं, फागुन २७ गते । चलचित्र ‘परदेशी –२’आउँदो दशैंमा प्रदर्शनमा आउने भएको छ । नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा राजेश वंशल र नारायण रायमाझी निर्माता रहेको चलचित्र आगामी विजयादशमीमा प्रदर्शनमा आउने भएको हो । निर्माण पक्षले चलचित्रको फष्टलुक पोष्टर सार्वजनिक गर्दै चलचित्र दशैंमा प्रदर्शन गर्ने घोषणा गरेको हो ।

सार्वजनिक पोष्टरमा चलचित्रमा शीर्ष भूमिकामा रहेका प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी र वर्षा सिवाकोटीलाई प्रस्तुत गरिएको छ । ‘परदेशीले चाडपर्वमा आफ्नो गाउँ, परिवारलाई अझ बढी सम्झन्छन् । र, यो चलचित्र परदेशीकै कथा–ब्यथा भएकाले प्रदर्शनका लागि दशैँलाई रोज्नुपरेको हो’–निर्माता राजेश वंशलले बताउनुभयो । गीतकार रमेश बि।जी।को कथा रहेको चलचित्रमा प्रकाश, दीलिप, प्रशान्त, केकी र वर्षाका साथमानीर शाह, सुशिल पोख्रेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, रोशनी कार्की, देवेन्द्र बब्लुलगायतका कलाकारहरुले अभिनय गर्नुभएको छ ।

बीबी अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रका गीतमा नारायण रायमाझी, प्रशान्त तामाङ, निशान भट्टराई, प्रताप दास, मीना निरौला, टीका पुन, देवी घर्ती, थानेश्वर गौतम, जय देवकोटा लगायतले स्वर दिनुभएको छ । सुदिप कुँवरको सह–निर्देशन रहेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व, मानकृष्ण महर्जनको छायाँकन तथा दीर्घ खड्काको सम्पादन छ । चलचित्रमा ईश्वर घिमिरे÷रामहरि डंगोलको पोष्ट प्रोडक्सन, मनोज श्रेष्ठको भिएफएक्स, राजेन्द्र मोक्तानको कलर, श्यामश्वेत रसाइलीको गीत तथा साउण्ड मिक्सिङ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?