logo
२०८१ जेष्ठ २ बुधवार



‘सुट सकिनेबित्तिकै ब्यल्याङ्केट ओढाउँथ्यौं’

मनोरञ्जन |


‘सुट सकिनेबित्तिकै ब्यल्याङ्केट ओढाउँथ्यौं’


सुकृत नेपाल

काठमाडौं, फागुन २८ गते । अभिनेत्री झरना थापा निर्देशित चलचित्र हो, ‘ए मेरो हजुर ४’ । चलचित्र यही बैशाख ४ गते देखि प्रदर्शनको तयारीमा छ । कलाकार अनमोल केसी र सुहाना थापाको मुख्य भुमिका रहेको चलचित्रको सुटिङ नेपालको विभिन्न पर्यटकीय स्थानहरुमा गरिएको हो ।

नायिका थापा भन्नुहुन्छ, 'हामीले चलचित्रको लोकेशन नयाँ नयाँ ठाउँमा गर्नुको कारण हाम्रो देशका बिभिन्न ठाउँमा रहेका पर्यटकीय स्थलहरुको पहिचान होस् भनेर पनि हो । चलचित्र ‘ए मेरो हजुर ४’ को सुटिङको समय चलचित्र युनिटले के कस्ता वाधा अड्चन व्यवहोरे भन्ने कुरा नायिका थापाले हामीलाई यसरी सुनाउनु भयो ।'

हामीले चलचित्र ‘ए मेरो हजुर ४’ को सुटिङ सो–फोक्सुण्डो तालमा गएर गर्नुको मुख्य कारण हाम्रो देश नेपालका पर्यटकीय स्थलहरुलाई चिनाउनु पनि हो । त्यस ठाउँको बारेमा दर्शकहरुलाई थाहा दिउँ । हामी जस्तै यस ठाउँमा हाम्रा दर्शकहरु पनि पुग्नुहोस् भन्ने हाम्रो चाहना हो । सबैलाई यहाँको लोकेसनहरुको बारेमा थाहा होस् । यसले हाम्रो देशको पर्यटन क्षेत्रको पनि प्रवद्र्धन हुन्छ ।

मैले मेरो चलचित्र ‘ए मेरो हजुर १,२ र ३’ देखि आज ४ सम्म आईपुग्दा सबैको सुटिङ सम्भव भएसम्म नयाँ ठाउँहरुमा नै गर्दै आइरहेकी छु । सबै चलचित्रको लोकेशनलाई धेरै दर्शकले मन पराइदिनुभयो । आजको दिनमा चलचित्रलाई हामीले सो–फोक्सुण्डो तालमा गएर सुटिङ गर्यौं । अब यसमा दुखसुख भनेको आउदै जान्छ तर हामीले फरक ठाउको अवलोकन गर्न पायौं जुन मेरो लागि महत्वपुर्ण क्षण हुनेछ । चलचित्रमा नयाँपन ल्याउन पनि यसले मद्दत पुग्छ ।

त्यति अफठ्यारो ठाउँमा पुरा सुटिङ युनिटलाई घोडा, खचड्डबाट सामानहरु ओसारपसार गर्नु, चलचित्रका कलाकार तथा टेक्निसियनहरुलाई हाई अल्टिचियुट (लेक लाग्ने) त्यो पनि माइनस डिग्रि हुने ठाउँमा लिएर जानु भनेको जोखिम नै थियो । डोल्पाली दाजुभाई दिदिबहिनीहरुको त्यो मायालु व्यवहार म अझ पनि भुल्न सक्दिन । हामीले त्यहाँ बसुन्जेल उहाँहरुले ने धेरै नै सहयोग गर्नुभयो । त्यहाँको होटल, खानेकुरा यहाँ जति वणन गरे पनि कमि नै हुन्छ ।

हामीलाई डोल्पा एयरपोर्टबाट सुटिङस्थल (सो–फोक्सुन्डो) तालसम्म पुग्न पुरा तीन दिन लागेको थियो । हामी टे्रकिङ गर्दै त्यहाँ पुग्यौं । हिँड्न नसक्नेहरुका लागि घोडाको व्यवस्था गरिएको थियो भने खच्चड र पोटर सामान बोक्नका लागि लगिएको थियो । त्यसरी हामी दुईदिनमा नै सुटिङस्थल पुगेका थियौं । त्यहाँ पनि हाम्रो राम्रो आतिथ्य गरिएको थियो । उहाँहरुले हामीलाई खुवाउनुभएको मिठा परिकारहरु अझ पनि म सम्झन्छु । हामी आउँदै छौं भनेर स्थानियले हामीलाई पर्खिबस्नु भएको थियो । झन चलचित्रका मुख्य पात्र अनमोल केसी र सुहाना थापासँग फोटो खिच्न भनेर टाढा टाढाबाट मान्छेहरु आउनुभएको थियो ।

अर्को रमाइलो पक्ष भनेको हिड्दा हामी सबै एकै समुहमा हिडेका थियौं । हामीलाई सबैजना एकैपटक सुटिङस्थल पुग्छौं भन्ने लागेको थियो तर चाँडो हिड्नेहरु छिटो पुग्नुभयो भने कोहि पछि नै थियौं । सबैको आ–आफनै समुह थियो । अलि छिटो हिड्नेको आफनै समुह, बिस्तारै हिड्नेको अर्को समुह, घोडामा जानेको आफनै समुह । त्यसैले पनि सबैजना एकैसाथ हुन सकेनौं । फेरी को कहाँ कहाँ पुग्यो भनेर फोन ग¥यो त्यो पनि खासै लाग्दैनथ्यो । टेलिफोनमा समस्या थियो । अनि मनभित्र अनेकन कुराहरु खेल्न थाल्थ्यो ।
भीरपाखाको बाटो कसैलाई केही भईहाल्यो कि भन्ने पनि लाग्थ्यो । कोही घोडाबाट त लडेनन्, कसैलाई सास फेर्न गाह्रो त भएन भन्ने अनेकन कुराहरु मनमा खेलिरहन्थ्यो । तर हामी सबै सकुशल माथी पुग्यौं ।

पहिलो दिन हामीले होटलको छेउमा रहेका ताल र गुम्बाको नजिक पुगेर सुटिङ गर्यौं । त्यसपछि हामीलाई हरेक लोकेसनमा पुग्न तीन देखि चार घण्टा हिँड्नु पर्ने हुन्थ्यो । त्यहाँ हाम्रो १२ दिनको सुट थियो । प्रत्येक दिन तीन देखि चार घण्टा हिँड्दा धेरै नै थकित भइन्थो तर पनि त्यहाँ पुगेर सुटिङ थालेपछि सबै थकान हराउँथ्यो । फेरी दुई बजे पछि त्यहाँ एकदमै जाडो हुने त्यसैले पनि हामी बिहानै सुटिङ सकाउथ्यौं र होटल पुग्थ्यौं ।

सुटिङमा सबैभन्दा गाह्रो हाम्रा दुई कलाकारहरुलाई भएको थियो । उनीहरुको सुटिङको ड्रेस सामान्य भन्दा केहि छोटा र डिजाइन गरिएका हुन्थे । पातलो कपडा भएकाले जाडो थेग्न मुस्कील हुने र त्यो ठाउँमा कति जाडो हुन्छ मैले पहिला नै भनिसके । अनोमल र सुहानाको लागि यो एकदमै गाह्रो कुरा थियो । उनीहरु चिसोले आतिन्थे । हुन त टिमका सबैको उतिनै ख्याल गरिनै रहेको हुन्थे । सुहाना र अनामोलको हामीले निकै नै केयर गर्यौं । सुट सकिने बित्तिकै उनीहरु दुबैलाई हामीले व्यालेङकेट ओडाउने गर्थ्यौं । जसले उनीहरु केही तातोको महसुस हुन्थ्यो । यती गर्दा गर्दैै पनि उनीहरु जाडोले कापेका हुन्थे । छाडा सुक्खा भएर बाहिर निस्किएको थियो । दुबैलाई सुटमा धेरै नै गाह्रो भएको थियो तैपनि हामीले सकेसम्म केयर गरेका थियौं । दुबैले गाह्रो नै भएपनि सुटमा कहिले गाह्रो भएको देखाएनन् ।

सुटमा अनमोललाई भन्दा पनि सुहानालाई धेरै गाह्रो भएको थियो । अनमोलले आफूलाई गाह्रो भएपनि कहिले देखाउने प्रयत्न गरेन तर सुहानाले भने छिन् छिन्मा गाह्रो भएको जताउँथिन ।

मलाई त्यहाँ हामीले कहाँ कहाँ सुटिङ गर्यौं भन्ने सबै नाम भन्न डायरिनै हेर्नुपर्ने हुन्छ । त्यहाँका नाम धेरै नै अफ्ठ्यारा किसिमका छन् । हामीले सो–फोक्सुण्डो तालको डाँडा वरपर र भ्यु पोइन्ट जहाँ ६ घण्टा हिडेर गीतको छायाँकन गरेका थियौं ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?