logo
२०८१ बैशाख १७ सोमवार



फिल्म 'परस्त्री' कार्तिक ६ गते रिलिज हुने

मनोरञ्जन |


फिल्म 'परस्त्री' कार्तिक ६ गते रिलिज हुने


काठमाडौं, फागुन २९ गते । सुरज पाण्डेको डेब्यू निर्देशन रहेको फिल्म 'परस्त्री' को शुभ मुहूर्त गरिएको छ । आइतबार ललितपुरको बगलामुखी मन्दिरमा फिल्मको शुभमुहूर्तसँगै छायाङ्कन सुरु भएको हो ।

फिल्मको शुभ मुहूर्तसँगै प्रदर्शन मिति समेत घोषणा गरिएको छ । यो फिल्म आगामी वर्षको तिहारमा (कार्तिक ६) गतेबाट नेपालभरका प्रदर्शनका आउनेछ । फिल्म नेपाली र हिन्दी गरी दुई भाषामा रिलिज गरिने बताइएको छ ।

डिएस डिजिटलको ब्यानरमा निर्माण हुने फिल्मकी निर्मात्री शर्मिला पाण्डे हुन् । निरज पाण्डेको छायाङ्कन रहेको फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिशा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?