logo
२०८१ बैशाख २३ आईतवार



'ब्रह्मास्त्र'को फस्ट लुक सार्वजनिक

मनोरञ्जन |


'ब्रह्मास्त्र'को फस्ट लुक सार्वजनिक


काठमाडौं, चैत्र १ गते । बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो २९औं जन्मदिन मनाइरहनुभएको छ । यही अवसरमा उहाँको आगामी फिल्म 'ब्रह्मास्त्र'को फस्ट लुक सार्वजनिक गरिएको हो ।

फिल्ममा आलियाले इशाको भूमिका निर्वाह गर्नुभएको छ । फिल्मका निर्माता करण जोहरले आलियाको फस्ट लुक सार्वजनिक गर्दै जन्मदिनको शुभकामना दिनुभएको हो ।

फिल्मलाई पाँच वटा भाषामा सार्वजनिक गरिने बताइएको छ । सेप्टेम्बर ९ मा सार्वजनिक हुने फिल्ममा आलियासँगै रणवीर कपुर, अमिताभ बच्चन, नागर्जुन, मोनी राय, साहरुख खानलगायतको अभिनय देख्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?