logo
२०८१ बैशाख १५ शनिवार



गैंडाकोटको बयानपछि कलाकार शाहलाई पूनः दमौली ल्याईयो

मनोरञ्जन |
प्रदेश |


गैंडाकोटको बयानपछि कलाकार शाहलाई पूनः दमौली ल्याईयो


अमरराज नहर्की
तनहुँ, चैत्र २ गते । बलात्कार अभियोगमा प्रहरी नियन्त्रणमा रहनु भएका कलाकार पल शाहसँग गैंडाकोट प्रहरीले बयान सकेपछि बुधबार पूनः तनहुँ ल्याईएको छ । तनहुँमा प्रहरी हिरासतमै रहेकाबखत कलाकार शाहविरुद्ध नवलपुर जिल्लाको गैंडाकोटमा समेत उजुरी परेपछि बयानका लागि गैंडाकोट लगिएको थियो ।

चैत ४ गतेसम्मको म्याद तनहुँ प्रहरीले लिए पनि नवलपरासीमा समेत बलात्कारकै अभियोगमा नाबालिगबाट उजुरी परेपछि बयानका लागि गैंडाकोट लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले शाहमाथि अब तनहुँमै थप अनुसन्धान हुने जानकारी दिनुभयो । कलाकार शाहविरुद्ध तनहुँमा नै अनुसन्धान गरेर मुद्दा नवलपरासीमा बुझाइने उहाँले जानकारी दिनुभयो ।

फागुन ११ गते १६ वर्षिया गायिकामाथि जबर्जस्ती करणीको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेपछि प्रहरीले अदालतबाट पक्राउ पूर्जी जारी गरेपछि कलाकार शाह आफै फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँको सम्पर्कमा आउनुभएको थियो । यो बीचमा किशोरीको उमेर नाबालिग भएको प्रमाण, जन्मदर्ता र पासपोर्ट फेला परेको तनहँु प्रहरीले जनाएको छ ।

जाहेरीअनुसार अन्तिम करणी हुँदा जन्मदर्ताको प्रमाणअनुसार उनको उमेर १५ वर्ष ८ महिना ९ दिन रहेको खुलेको छ । मुलुकी अपराध संहिता २०७४ मा १८ वर्ष मुनीको किशोरीसँग सहमतीमा नै सम्पर्क गरिएको भएपनि जबरजस्ती करणी मानिने वरिष्ठ अधिवत्ता कमला मोहन वाग्लेले जानकारी दिनुभयो ।

पीडितको उमेर १४ वर्षभन्दा माथि र १६ वर्षभन्दा कम भएमा १२ देखि १४ वर्ष कैद र १६ देखि माथि र १८ भन्दा कम भएमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाए हुने कानुनी प्रावधान रहेको अधिवक्ता वाग्लेले जानकारी दिनुभयो ।

पोखरा, चितवन, वाग्लुङमा सुटिङ सकेर राती होटलमा बास बस्नेक्रममा किशोरीको असहमतिमा पटक पटक जबरजस्ती करणी गर्न खोजेकोे जाहेरीमा उल्लेख गरिएको छ । बाल यौन दुव्यहार गरी संवेदनशिल अङगहरु चलाउने, जिस्काउने, चलाउने समात्ने कार्य गरेको जनाईएको छ ।

जबरजस्ती करणी गर्ने शाहलाई मुलुकी अपराध संहिता २०७४ को दफा २११ (१) विपरितको कसुर अपराधमा कडाभन्दा कडा कारबाही गरी सो संहिताको दफा २२८ बमोजिम पीडितलाई क्षतिपूर्ति दिलाइ, भराई पाउँ भनि जाहेरी दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?