logo
२०८१ बैशाख १७ सोमवार



एन्जिला तुम्बापोको जीवनीमा 'अन्जिला' बन्ने

मनोरञ्जन |


एन्जिला तुम्बापोको जीवनीमा 'अन्जिला' बन्ने


काठमाडौं, चैत ५ गते । राष्ट्रिय महिला फुटबल टिमकी नम्बर १ गोलरक्षक एन्जिला तुम्बापोको जीवनीमा फिल्म 'अन्जिला' बन्ने भएको छ । मिलन चाम्सको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा एन्जिला आफैको अभिनय रहनेछ ।

यस्तै, फिल्ममा दयाहाङ राई, श्रृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ र प्रेमकुमार श्रेष्ठको मुख्य भूमिकामा देखिनुहुनेछन् । एन्जिलाले फुटबलर बन्नका लागि गर्नुभएको संघर्ष र पाएको सफलताको कथामा यो फिल्म बन्नेछ।

निर्देशक चाम्सका अनुसार, फिल्ममा एन्जिलाको बाल्यकालदेखि सफलतासम्मको कथा प्रस्तुत गरिनेछ । मिलनले यसलाई एन्जिलाको बायोपिक नभन्ने पनि बताए । ७५ प्रतिशत एन्जिलाको जीवनीबाट प्रभावित हुने फिल्म २५ प्रतिशत अन्य कथाहरुमा आधारित रहनेछ ।

एन्जिलाले आफ्नो सहमतिमै बायोपिक बन्न लागेको भन्दै आफूले अभिनयको तालिम पनि लिइरहेको बताउनुभयो । फिल्मलाई प्रेमकुमार श्रेष्ठले निर्माण गर्दैहुनुहुन्छ । केन्द्र मोशन पिक्चर्स, मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यो फिल्ममा प्रेमकुमार श्रेष्ठ र केन्द्र लिम्बुको लगानी रहनेछ । यम थापाको कथा रहेको फिल्ममा सुदीप बरालको छायांकन रहनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?