logo
२०८१ बैशाख २५ मंगलवार



मदनकृष्णलाई लाइफटाइम अचिभमेन्ट

मनोरञ्जन |


मदनकृष्णलाई लाइफटाइम अचिभमेन्ट


गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ७ गते । नेपाली कला क्षेत्रमा अतुलनीय योगदान दिँदै आउनुभएका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई पेज थ्री पिपल्स च्वाइस अवार्ड ११४२ मा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।

इलोंह प्रकाशनले बर्सेनि आयोजना गर्ने पेज थ्री पिपल्स च्वाइस अवार्डको यो चौथो संस्करण हो । यस अवार्डमा नेपाल भाषाको कला क्षेत्रमा सो वर्ष उत्कृष्ट कलाकारको मनोनयन गरेर जनताको मतद्वारा विजेताको घोषणा गर्ने गर्दछ । यस पटक कुल ४६ विधाअन्तर्गत नामाङ्कनमा सङ्गीत विधामा १९, म्युजिक भिडियो विधामा १३ र चलचित्रमा १४ विधामा मनोनयन सार्वजिनक गरिएको छ । नामाङ्कन कार्यक्रममा बागमती प्रदेश सांसद एवं पूर्वआन्तरिक तथा कानुनमन्त्री डा। अजयक्रान्ति शाक्यले नेपाल भाषाका कलाकारहरू पनि मूलधारमा जानुपर्ने कुरा बताउनुभयो ।

सो अवसरमा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी वैशाख ३ गते काठमाडौँको सभागृहमा हुने विजेता घोषणा कार्यक्रमका लागि सबै कलाकारलाई शुभकामना दिनुभयो । पूर्वराजदूत ९इजरायल० डा। अन्जान शाक्यद्वारा पेज थ्री अवार्डलाई शुभकामना प्रदान गर्दै नेपाल र इजरायलका कलाकारबीच सांस्कृतिक आदानप्रदान कार्यक्रम गर्न सकिन्छ भन्नुभयो ।

यसैगरी आयोजक इलोंह प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले स्थानीय सरकारद्वारा पेज थ्री अवार्ड कार्यक्रमलाई सम्बोधन भइरहेकोमा खुसी व्यक्त गर्नुभयो । पेज थ्री अवार्डका संयोजक दर्शनवीर शाक्यले अवार्डको प्रक्रियाबारे जानकारी दिनुभयो । चलचित्र घोषणा आठ विधा सर्वश्रेष्ठ चलचित्र, सर्वश्रेष्ठ निर्देशक, सर्वश्रेष्ठ पुरुष कलाकार, सर्वश्रेष्ठ महिला कलाकार, उत्कृष्ट स्क्रिन प्ले, उत्कृष्ट सिनोमाटोग्रापर र उत्कृष्ट इडिटर विधाको मनोनयनमा परेको छ । सबै विधामा विजेताको निर्णय गर्न ग्लोबल अनलाइन पे डाउनलोड गरी भोटिङ गर्ने प्रावधान रहेको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?