logo
२०८१ बैशाख २४ सोमवार



'रनवे ३४' को ट्रेलर सार्वजनिक

मनोरञ्जन |


'रनवे ३४' को ट्रेलर सार्वजनिक


काठमाडौं, चैत्र ७ गते । अजय देवगन, अमिताभ बच्चन र रकुल प्रीत सिंह अभिनित बलिउड फिल्म 'रनवे ३४' को ट्रेलर सार्वजनिक गरिएको छ । वास्तविक घटनामा आधारित यो फिल्म अजय देवगनले निर्देशन गर्नुभएको हो ।

फिल्ममा अजय देवगन कमर्शियल पाइलटको भूमिकामा रहेको देखाइएको छ । अजयसँगै रकुल प्रीत सिंह महिला पाइलटको भूमिकामा हुनुहुन्छ ।

योसँगै अमिताभ बच्चन वरिष्ठ अधिकारीको भूमिकामा हुनुहुन्छ । सामाजिक सञ्जालमा टिजर सेयर गर्दै अजयले लेख्नुभएको छ, ‘सत्य जमिनबाट ३५ हजार फिट माथि लुकेको छ ।'

यो फिल्मबाट अजय देवगन निर्देशकको रुपमा डेब्यु गर्दै हुनुहुन्छ । फिल्म २९ अप्रिल २०२२ मा इदको अवसरमा रिलिज हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?