logo
२०८१ बैशाख २५ मंगलवार



आजदेखि 'नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' सुरु

मनोरञ्जन |


आजदेखि 'नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' सुरु


काठमाडौं, चैत्र १७ गते । 'नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' (निफ) को पाँचौं संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले आयोजना गरेको महोत्सव काठमाडौंको राष्ट्रियसभा हलमा चैत २१ गतेसम्म चल्ने छ ।

आज पहिलो दिन राष्ट्रिय सभागृहमा साँझ साढे पाँच बजे डा. पुरु लम्सालले निर्देशन गर्नुभएको ‘गोरु पर्व’ प्रदर्शन गरिनेछ । गतवर्ष कोरोनाको कारण भर्चुअल रुपमा गरिएकोमा कार्यक्रम यस पटक भौतिक उपस्थितिमा हुन लागेको हो ।

महोत्सव अवधिभर ३८ देशका ८९ वटा चलचित्र, वृत्तचित्र र एनिमेटेड चलचित्रहरू प्रदर्शन एवम् प्रतिस्पर्धा हुनेछ । ती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा-छोटा चलचित्र, वृत्तचित्र तथा एनिमेटेड चलचित्रबीच ७ वटा विधामा प्रतिस्पर्धा हुने र उत्कृष्टताका आधारमा १४ वटा पुरस्कार वितरण गरिने बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?