‘ढोल्सना नाच’ राैनकता कायम
गोरखापत्र अनलाइन ,
कार्तिक ९, २०७६ शनिबार
ताजपुरीया, राजवंशीलगायतका पूर्वी नेपालको कोच समुदायको अत्यन्त पुरानो एवं परम्परागत ‘ढोल्सना नाच’ हराउँदै गएको छ । यो समुदायले लोक नाचको रुपमा लिने गरेको छ । विशेष गरेर दशंै तथा तिहारको समयमा पहिला यो नाच देखाइने गरेको छ । विवाहको समयमा छोरी विदाई गर्दा यो नाच नाच्ने प्रचलन रहेको ताजपुरीया बुढापाकाहरु बताउँछन् ।