भारतीय नागरिकका कारण नेपालगञ्जमा फिल्म व्यापार फस्टाउँदै
रासस
आश्विन ३०, २०७६ बिहीबार
भारतीय बजार रुपैडियामा दशैँको किनमेल गर्न गएका नेपालीको भीड थामिनसक्नु छ । नेपालगञ्जको बजार फस्टाउन नसकेका बेला रुपैैडिया भने मालामाल हुनु सामान्यजस्तै बनिसकेको छ । हरेक सामान किन्न नेपाली रुपैडिया पुग्छन् । तर रुपैडियालगायत सीमावर्ती ठाउँमा भारतीय नागरिक फिल्म हेर्नकै लागि नेपालगञ्ज आउँछन् ।