युद्धभन्दा प्रेम राम्रो, ३६५ दिन नै प्रेममय होस्
सनम महर्जन
फाल्गुन २, २०७८ सोमबार
प्रेम दिवस वा प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । प्रेम जोडीहरूका लागि यो रमाईलो र महत्त्वपूर्ण दिन मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस विशेष उत्सवको दिन हो । आफूले माया गरेको, मन पराएको वा चाहेको मान्छेलाई आफ्नो भावना अभिव्यक्त गर्ने विशेष दिन हो प्रणय दिवस ।