ज्येष्ठ नागरिकको हितमा सक्रिय 'चट्याङ मास्टर'
सुकृत नेपाल
फाल्गुन १, २०७८ आइतवार
हास्यव्यङ्ग्यको क्षेत्रमा 'चट्याङ मास्टर' को नामले चर्चित कृष्ण मुरारी गौतमले ज्येष्ठ नागरिकका हक हितका लागि बहुआयामिक अभियान सुरु गर्नुभएको एक दशक नाघ्यो । जीवनको उत्तरार्धमा पुगेकाहरूलाई सुरक्षित, सम्मानित र सक्रिय जीवन जिउने अवसर र उपायको खोजीमा उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनुभएको योगदानको कदर गर्दै संयुक्त रास्ट्रसङ्घीय शिक्षा, विज्ञान तथा संस्कृति कार्यालय (युनेस्को) बाट सन् २०२० को...