logo
२०८१ बैशाख २१ शुक्रवार

गुलाफ दिएर साटियाे प्रेम (फाेटाे फिचर)

मनोरञ्जन |
पढ्नै पर्ने |
फोटो फिचर |


2022-02-14-57679
तस्बिर : केशब गुरूङ्ग


काठमाडौं, फागुन २ गते । आज फेब्रुअरी १४ अर्थात् माया साटासाट गर्ने दिन । भ्यालेन्टाइन डेका नामले चिनिने आजको दिनमा धेरै बिक्री हुने फूल हो, गुलाफ । हरेक वर्ष प्रणय दिवसका दिन करिब एक करोड रुपियाँभन्दा बढीको रातो स्टिम गुलाफको फूलको कारोबार हुँदै आएको थियो ।
यस वर्ष भ्यालेन्टाइन डे का लागि दुई लाख स्टिम गुलाफको फूल आयात भएको फ्लोरिकल्चर एशोसिएन नेपालका अध्यक्ष मानबहादुर तामाङले जानकारी दिनुभयो ।
‘हाम्रो अनुमान अनुसार नै आयात भएको छ । भ्यालेन्टाइन डे का लागि करिब–बरिक दुई लाख स्टिम आयात हुन्छ भन्ने हाम्रो अनुमान थियो,’ अध्यक्ष तामाङले भन्नुभयो, ‘सोही अनुसार आयात भएको छ ।’
उहाँले दुई लाख ३० हजार स्टिम खतप हुने बताउनभयो । ‘दुई लाख ३० हजार स्टिम खपत हुने हाम्रो अनुमान थियो । आज बेलुकासम्म के कति खपत भयो जानकारी हुन्छ,’ उहाँले भन्नुभयो ।
अध्यक्ष तामाङले बजारमा एउटा फूलको मूल्य ८० देखि १०० रुपियाँसम्म बिक्री भइरहेको बताउनुभयो ।
‘गुणस्तर हेरेर ८० देखि १०० रुपियाँसम्म बिक्री भइरहेको छ, पसलमा । तर बाहिर पसलबाट किनेर लगेर अरु कसैले बढी मूल्यमा बिक्री गरेको पाइएको छ ।’
उहाँले अधिकारिक पसल त्रिपुरेश्वर, जावलाखेल, कमलादी एरियामा ८० देखि १०० रुपियाँमा बिक्री हुने बताउनुभयो । एउटा हातमा गुलाबको फूल र अर्को हातमा उपहार लिएर आज भ्यालेन्टाइन डे मनाइँदै छ ।

तस्बिरहरू: मनाेजरत्न शाही/केशब गुरूङ