logo
२०८१ जेष्ठ ६ आईतवार



नेतृत्वको सहासिक निर्णयले राजनीति असाधारण ढङ्गंगले परिवर्तन भयोः प्रचण्ड

फिचर |
राष्ट्रिय |


नेतृत्वको सहासिक निर्णयले राजनीति असाधारण ढङ्गंगले परिवर्तन भयोः प्रचण्ड


सुरेशकुमार यादब
काठमाडौं असोज १० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकताको काम टुङ्गो नलाग्दा पार्टीका नेता तथा कार्यकर्ता एक वर्षदेखि वेरोजगार रहेको बताउनु भएको छ ।
उहाँले भन्नुभयो, पार्टीको एकता प्रक्रिया टुङ्गो नलाग्दा नेकपाका १० लाख भन्दा बढी नेता तथा कार्यकर्ता एक वषदेखि वेरोजगार रहेको छ । र, यसले पार्टीलाई ठूलो क्षति पुगिरहेको छ ।’ नेकपाका सम्पर्क समन्वय कमिटीले शुक्रवार आयोजना गरेको भेला तथा शुभकामना अदानप्रदान कार्यक्रममा उहाँले एकता प्रकृया अन्तिम चरण पुगेको र केही दिनमा सबै टुङ्गो लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, हात्ती छि¥यो पुच्छर अड्किएको जस्तो भएको छ, अब पुच्छर पनि चाँडै छिर्नेछ ।’
उहाँले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि विश्व आश्चर्यचकित भएको बताउनुभयो । कम्युनिस्ट आन्दोलन संसारमा स्थापना भए देखि थुप्रै क्रान्तिका प्रक्रिया पूरा गरेर असाधारण एकता प्रक्रियामार्फत राज्यको नेतृत्व गर्ने भने कसैले विश्वास गरेको थिएन भन्दै उहाँले प्रमुख नेतृत्वको सहासिक निर्णयले गर्दा देशको राजनीति असाधारण ढंगले परिवर्तन भएको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘असोज १७ गते अब पार्टी नै एउटै बनाउने भनेर चुनाव लड्ने घोषणा गर्नुभन्दा अगाडि देशको राजनीति यसरी जाला, कम्युनिस्ट पार्टी यति लोकप्रिय मतसहित देशको शक्तिशाली नेताको रुपमा आउला भनेर देशभित्रका र बाहिरका मानिसले सोचेका थिएन् ।’ नेपालको इतिहासमा कम्युनिष्ट आन्दोलनले धेरै ठूलो त्याग र तपस्याले नेकपा यो अवस्थामा आइपुगेको उहााँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?