logo
२०८१ बैशाख २६ बुधवार



दशैंमा मेकअप आर्टिस्टको टिप्स: यसरी चिटिक्क बन्नुहोस्

फिचर |
समाज |


दशैंमा मेकअप आर्टिस्टको टिप्स: यसरी चिटिक्क बन्नुहोस्


यलु जोशी

काठमाडौं, असोज १५ गते । हिन्दूहरूको महान चाड बडादशैं हाम्रो घर दैलोमा भित्रिसकेको छ । दशैं भन्नेबित्तिकै पारिवारिक जमघट शीर्ष स्थानमा आउँछ । नयाँ लुगा लगाएर चिटिक्क परेर टीका थाप्न हिँड्नु दशैंको विशेषतामा पर्छ । तर चिटिक्क पर्नका लागि लुगा मात्र होइन, मेकअपको पनि निकै महत्वपूर्ण भूमिका हुन्छ ।
अनुहारका लागि मेकअप जरुरी छ । यसले सुन्दरतामा निखार ल्याउनुका साथै वातावरणमा भएका विभिन्न विकीरण र हानिकारक तत्वबाट छालालाई सुरक्षा दिइरहेको हुन्छ ।
मेकअप गर्दा के गर्ने, के नगर्ने र यसको प्रक्रियाबारे मेकअप आर्टिस्ट मन्जु कार्की पाण्डे भन्नुहुन्छ, लुगा मात्र राम्रो लगाएर हुन्न मेकअप नहुँदा अवश्य पनि नराम्रो देखिन्छ ।
मेकअपको सबैभन्दा महत्वपूर्ण र धेरैलाई थाहा नभएको प्राइमर लगाउनु जरुरी हुन्छ । उहाँले प्राइमरले अनुहारमा मेकअपका लागि एउटा बेस बनाइदिने जानकारी दिनुभयो । यो लगाएपछि अनुहारमा छुट्टै चमक आउँछ र फाउन्डेसनलाई धेरैबेरसम्म टिकाइराख्ने उहाँले जानकारी दिनुभयो ।
आँखाको मेकअपः
धेरैले आँखाको मेकअप फाउन्डेसन लगाएपछि मात्र गर्नुहुन्छ तर हामी भने यो पहिले नै गर्छौं किनभने आँखाको मेकअप गर्दा हातले पटक पटक छालालाई छोइरहेको हुन्छ, आइस्याडो झरिरहेको हुन्छ । त्यसैले पुनः फाउन्डेसन लगाउनुपर्छ । त्यसपछि फाउन्डेसन लगाउनुहोस् । तर मेकअप गर्दा फाउन्डेसन नै लगाउनुपर्छ भन्ने छैन । अनुहारमा धेरै दागहरू नभएका र गोरो वर्ण भएकाले बीबी क्रिम लगाउँदा पनि अनुहार आकर्षक र सुन्दर देखिन्छ । त्यसपछि पाउडर प्रयोग गर्न सक्छौ ।
दशैं भनेको खानपिनको चाड हो त्यसकारण खाने क्रममा कतिको लिपस्टिक लत्पतिन्छ र धेरै बेरसम्म टिक्दैन पनि । यसका लागि पाण्डे भन्नुहुन्छ, पहिलो कोटको लिपस्टिक लगाइसकेपछि टिस्यु पेपरलाई एक पटक ओठले च्याप्नुपर्छ त्यसपछि दोस्रो कोट लिपस्टिक लगाउनुपर्छ । अन्त्यमा टिस्युलाई ओठमाथि राख्ने र त्यसमाथि पाउडर लगाउने ।
दशैमा सबैले रातो रङको लुगा नै प्रयोग गर्ने हुन्छ त्यसैले रातो लुगा लगाएको खण्डमा आँखाको अघिल्तिर सिल्भर कलर, स्याम्पेन कलर अथवा सेतो कलर लगाउन सकिन्छ र आँखाको बाहिरी भाग मा म्याटमा ‘रेडिस ब्राउन’ अथवा ब्ल्याकले डबल सेड दिन सक्छौं ।
आँखा ठूल्ठूला देखाउनः
आँखाको पेरला मज्जाले कर्ल गर्ने र मस्कारा लगाउने । एक कोट मस्कारा लगाएर त्यसलाई एकछिन सुक्न दिने र दोस्रो कोट मस्कारा लगाएको खण्डमा परेला लामो र बाक्लो देखिन्छ । परेलाले पनि आँखालाई सुन्दर देखाउन निकै सहयोग गर्छ ।
महिलालाई सन ब्लक, फाउन्डेसन, मस्कारा र लिपस्टिक लगाए मात्र पनि पुग्छ । यति चारवटा गुणस्तरीय खरिद गरियो भने सुन्दरतामा निखार आउनुका साथै छाला पनि स्वस्थ रहन्छ ।
धेरैको सोच मेकअप धेरैसम्म टिकोस् भन्ने नै हुन्छ । यसका लागि मेकअप स्प्रे, सेटिङ स्प्रे वा फिक्सरको प्रयोग गर्न सकिन्छ । स्प्रे लगाउँदा चार घण्टा टिक्ने मेकअप ६ घण्टासम्म पनि टिक्ने गर्छ ।
नायिका मोडलहरूलाई मेकअप गर्दे आउनुभएको उहाँले भारतबाट तालिम लिएपछि आफ्नो रुचिको विषयलाई नै आफ्नो व्यवसाय गर्नुृभएको छ । दुई हजार भन्दा बढीलाई मेकअपको प्रशिक्षण दिनुभइसकेको पाण्डे भन्नुहुन्छ, ‘सिक्ने कुरा कहिले पनि सिद्धिँदैन । म यही क्षेत्रबाटै आफ्नो पहिचानलाई बलियो बनाउने सोचमा छु ।
हामी सबै दशैको लागि राम्री बन्नुपर्छ त्यसैले मेकअप गर्दा पहिले अनुहार सफा राख्नुपर्छ उहाँ भन्नुहुन्छ, सफा अनुहारमा सनब्लक लगाउनुपर्छ उहाँ थप्नुहुन्छ, यदि अनुहारको छाला रुखो छ भने यसअघि मोइस्चराइजिङ लोसन लगाउनुपर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?