logo
२०८१ मंसिर ७ शुक्रवार



रमाइलो दशैँ

फिचर |


रमाइलो दशैँ



कमल रिजाल

दशैँ भनेको राम्रो लगाउने, मीठो खाने, टीका र जमरा लगाएर पिङ खेल्ने पर्व हो भन्ने बुझिन्थ्यो पहिले पहिले । झण्डै एक महिना अघिदेखि यसको रौनक सुरु हुन्थ्यो । घर आँगन सरसफाइ तथा रङ, रोगन गरी नयाँ दुलही जस्तै सिँगारिन्थ्यो । दाजुहरू नयाँ लुगा किनेर ल्याउनुुहुन्थ्यो भाइबहिनीका लागि । दर्जीदाइलाई लुगा सिउन भ्याइ नभ्याइ हुन्थ्यो । भाइबहिनीहरू नयाँ लुगा लगाउन पाएर रमाउने गर्थे । दिदीहरू चिउरा कुट्नुहुन्थ्यो । बुबाहरू दशैँका लागि भनेर घोर्ले खसी पाल्नुहुन्थ्यो, पिङ हाली दिनुहुन्थ्यो । मम्मी बुबाको हातबाट टीका र जमरा लगाएर पिङ खेल्थे भाइबहिनीहरू ।
उहिले उहिले प्रायः नेपालीहरूलाई राम्रो लाउन र मीठो खान दशैँ नै आउनुपथ्र्यो । यतिबेला स–साना नानीहरू जति खुशी हुन्थे टार्न र पु¥याउनुुपर्ने भएकाले मम्मी बुबाहरू खुशीको साथमा केही चिन्तित पनि देखिन्थे । कसैकसैलाई दशैैँ मान्न ऋणै लिनुपर्ने पनि हुन्थ्यो । यसैका कारण त्यतिबेला ‘आयो दशैँ ढोल बजाई गयो दशँै ऋण बोकाई’ भन्ने गरिन्थ्यो, जुुन हिजोआज पनि कतै कतै सुनिन्छ तर अहिलेको समय फेरिएको छ । राम्रो लाउन र मीठो खान दशैँ नै कुर्नपर्छ भन्ने छैन । मासुभातको अवस्था पनि त्यस्तै हो । शहर बजारमा दिनदिनै मासुभात उपलब्ध छ । गाउँघरको अवस्था पनि पहिलेको जस्तो छैन । हो, मासुको मूल्य बढेर आकाश छोएको छ तर मासु खान दशैँ नै कुर्नुपर्ने अवस्था भने छैन । अहिलेका पुस्तालाई दशैँको महìव भनेको टीका र जमाराका साथै आफन्तसँगको भेटघाट नै हो ।
दशँै मौलिक संस्कृति हो हाम्रो । यसमा मान्यजनहरूले टीका र जमराका साथमा आशीर्वाद दिने गर्छन् । जमरा जौ उमारेर तयार पारिएको हुन्छ । यसको प्रयोग दशँैमा मात्र हुन्छ, त्यो पनि नेपाल समाजमा मात्र । नेपालमा पनि हुन्छ नेपालीहरू पुगेका स्थानमा पनि हुन्छ । त्यसैले जहाँसुकै रहेबसेका भए पनि टीका र जमरा देख्ने बित्तिकै नेपाली हो भनेर चिनाउन सजिलो बनाएको छ यसले । यस अर्थमा भन्नुपर्दा दशैँको महìव हिजोभन्दा आज बढी हुन पुगेको देखिन्छ । सायद दुनियाँमा नेपाली नपुगेको ठाउँ कतै छैन । यस पर्वले को कहाँ कसरी बसेका छन् भन्ने जानकारी दिने भएकाले यसको महìव बढी हुन पुगेको हो ।
दशैँको अर्को महìवपूर्ण पक्ष भनेको आफन्तजनसँगको भेटघाट हो । यस पर्वमा कामविशेषले जहाँ पुगेका भए पनि यथासम्भव घर आउने गर्छन् नेपालीहरू । स्वदेशमै रहेकाहरू पनि काम विशेषले प्रायः घर बाहिरै हुन्छन् । पहिले वल्लो गाउँ र पल्लो गाउँ गरेर पनि व्यवहार चल्थ्यो तर आज चल्दैन । प्रायः नेपालीहरू विदेश जान चाहन्छन्, जाने गरेका छन् जीविकाको लागि । कोही युरोप पुगेका छन् कोही अमेरिका । कोही जापान, कोरिया आदि एसियाकै विभिन्न मुलुक पुगेका छन् । बाँकी बसेका पनि कामको सिलसिलामा सहर बजारतिरै झरेका हुन्छन् । गाउँघर शून्य जस्तै देखिने गरेको छ तर दशैँ पर्वमा ती सबै यथासम्भव एकै ठाउँमा जम्मा हुने भएकाले यसको महìव बढी हुन पुगेको हो । पिङ पनि त्यत्तिकै महìवपूर्ण संस्कृति हो नेपालीहरूको । अघिपछि प्रायः पिङ हालिँदैन र खेलिँदैन पनि ।
शहरबजारका मेलाहरूमा हालिने र खेलिने छुट्टै कुरा हो तर दशैँमा प्रायः सबै स्थानमा पिङ हाल्ने र खेल्ने गरिन्छ । दशैँको टीकाको दिन पिङमा चडेर धर्ती छाड्नुपर्छ भन्ने प्रौढपुस्ता अहिले पनि उत्तिकै भेटिन्छन् घाउँघरमा । पिङ धेरै किसिमका हुन्छन् । पिर्के पिङ, लिङ्गे पिङ, जाँते पिङ, ¥वाँटे पिङ यस्तै यस्तै । हिजो साधन, स्रोत र समयको अभाव थिएन । प्रायः सबै नेपाली घरमा पिङ हालिन्थ्यो तर हिजोआज यसमा पनि केही परिवर्तन आएको छ । प्रत्येक घरमा यसै पनि सम्भव हुन्न । शहर बजारमा ठाउँ छैन । त्यसैले कुुनै सार्वजनिक स्थानमा टोलवासी पिङ हाल्ने र खेल्ने गरिएको छ । पर्याप्त ठाउँ र जनशक्ति नभए पनि पिङ संस्कृतिलाई निरन्तरता दिँदै आएका छन् नेपालीहरूले ।
यस पर्वको सबैभन्दा महìवपूर्ण पक्ष भनेको ठूलाबडाको आशीर्वाद हो । यसो त ठूलाबडाको आशीर्वाद जहिले पनि रहैकै हुन्छ सानाप्रति तर दशँैको टीका र जमरा साथको आशीर्वादको महìव अर्कै छ । यसले सानाले ठूलालाई मान्नुपर्छ र ठूलाले सानालाई माया गर्नुपर्छ भन्ने सन्देश दिएको छ । सामाजिक व्यवहार सन्तुलनका लागि यो अत्यावश्यक कुरा हो । सानाले ठूलालाई मान्नुपर्छ किनकि उनीहरूले बोल्न सिकाएका छन्, हिँड्न सिकाएका छन्, चल्न सिकाएका छन्, संस्कार सिकाएका छन्, संस्कृति सिकाएका छन् । ठूलाले सानालाई माया गर्नुपर्छ किनकि उनीहरूको उत्तराधिकारी भनेका यिनै आजका कलिला नानीहरू हुन् । पुराना पुस्ताले दायित्व सुम्पेर जाने भनेको यिनीहरू नै हो । यस पर्वले यी दुई पुस्तालाई एकआपसमा आबद्ध गराउने प्रयास गरेको मात्र छैन उनीहरूबीच सुमधुर सम्बन्धको गाँठोलाई मजबुत गराउने कामसमेत गर्दै आएको छ । 

मुना असोज २०७६

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?