logo
२०८१ जेष्ठ ६ आईतवार



सांसद प्रमोद साह काठमाडौंबाट पक्राउ

फिचर |
प्रदेश |


सांसद प्रमोद साह काठमाडौंबाट पक्राउ


गोरखापत्र अनलाइन
काठमाडौं, असोज २८ गते । प्रतिनिधि सभा सांसद प्रमोद साह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ पर्नुभएको छ । सोमबार जनकपुरबाट काठमाडौं आउनुभएका साह काठमाडौंबाट बाहिरिने क्रममा विमानस्थलबाट पक्राउ पर्नुभएको हो । उहाँले आफ्नो पक्राउ सम्बन्धी जानकारी सामाजिक सञ्जालमा साझा गर्नुभएको छ ।

यसअघि प्रतिनिधि सभा सांसद प्रमोद साहलाई पक्राउ गरेर बुझाउन जिल्ला प्रहरी कार्यालय धनुषाले महानगरीय प्रहरी कार्यालय, काठमाडौंलाई पत्राचार गरेको छ ।  
मंगलबार बिहान सांसद साह विरुद्ध जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमति माँगेको थियो । धनुषाका प्रहरी प्रमुख शेखर खनालले बिहान सांसद साह विरुद्ध जाहेरी परेपछि अदालतबाट पक्राउ गर्ने अनुमति माँगिएकोमा अनुमति पाइसकेकोले काठमाडौंमा रहनुभएका साहलाई पक्राउ गर्न पत्राचार गरेको खुलाउनुभयो । प्रहरी उपरिक्षक खनालले साहमाथि नागरिक उड्डयन तथा प्राधिकरण कार्यालय, जनकपुरका प्रमुख सन्तोष ढकालले सांसद साहलाई विपक्षी बनाएर जाहेरी दत्र्ता गराउनुभएको छ ।
ढकालले साहमाथि गैर सैनिक हवाइ उड्डयन ऐन, २०१५ को ९ ‘क’को छ बमोजिम कारबाही हुनुपर्ने माग दाबी लिई जाहेरी दिनुभएको छ । उड्डयन ऐन, २०१५ को परिच्छेद ९ मा विमानस्थल र विमानभित्र हुने अपराध र दण्ड सजायको व्यवस्था गरेको छ । उहाँमाथिको कसुर ठहर भए उक्त ऐन बमोजिम पाँचदेखि दश वर्षसम्म कैद सजाय हुनेछ ।
प्रहरी उपरिक्षक खनालले सांसद साहले गर्नुभएको अभद्र व्यवहारको भिडियो फुटेज समेत प्रमाणको रुपमा पेश गरिएकोले जाहेरी दत्र्ता गरी कारबाही प्रकृया अगाडि बढाएको जानकारी दिनुभयो ।
सांसद साह सोमबार विमान आउन ढिलाइ हुँदा जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा लात्तीले हिर्काएको स्वीकार गर्नुभएको थियो । उहाँले विमानस्थल अस्तब्यस्त देखिएको, विमान ढिलाइ हुँदा बैठक छुटेको तथा मृगौलाको एकजना बिरामी वेदनाले छटपटिएको देखेर सहन नसकेपछि आवेगमा आएको प्रष्टीकरण दिनुभएको थियो ।
सांसद साहले विमानस्थलका कर्मचारीको बदमासी र जहाज ढिलाइबारे धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेल र विमानस्थल कार्यालय प्रमुख सन्तोष ढकाललाई समेत जानकारी गराएको बताउनुभयो । साह सर्लाही निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनता पार्टी, नेपालबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?