logo
२०८१ जेष्ठ ६ आईतवार



सिंहदरबारभित्र २१५ कर्मचारी छड्केमा परे ।

फिचर |
राष्ट्रिय |


सिंहदरबारभित्र  २१५ कर्मचारी  छड्केमा परे  ।


गोरखापत्र अनलाइन
काठमाडौं, असोज २८ गते । सिंहदरबारभित्र गरिएको अनुगमनमा मंगलबार १३६ जना कर्मचारीले समयको पालना नगरी अनुपस्थित पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले मंगलबार सिंहदरबारभित्रकै मन्त्रालयमा अनुगमन गर्दा धेरै संख्यामा कर्मचारी समयको पालना नगरी अनुपस्थित रहेको पाइएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रका प्रवक्ता ज्ञानराज सुवेदीका अनुसार केन्द्रले सिंहदरबारभित्रका नौ वटा मन्त्रालयमा अनुगमन गरेको थियो । सतर्कता केन्द्रको अनुगमनको क्रममा २१५ जना कर्मचारीमा कैफियत पाइएको छ । जसमध्ये समय पालना नगरेको/अनुपस्थित रहेका कर्मचारीको संख्या १३६ रहेको छ । त्यसैगरी अनुगमनको क्रममा अघिल्लो मितिमा विदा स्वीकृत नगराई अनुपस्थित हुनुभएका कर्मचारीको संख्या ६६ रहेको थियो । प्रवक्ता सुवेदीका अनुसार कार्यालय समयमा १३ जना कर्मचारीले तोकिएको पोशाक लगाएको देखिएन ।
बिहान १० बजेर १५ मिनेटमा गरिएको अनुगमनमा सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सबैभन्दा बढी कर्मचारीको लापरवाही देखिएको छ । दुबै मन्त्रालयमा सबैभन्दा बढी कर्मचारी समयको पालना नगरेको÷अनुपस्थित फेला परेका छन् । प्रवक्ता सुवेदीका अनुसार सङघीय मामिला र श्रम रोजगार गरी दुबैमा २९/२९ जना कर्मचारी समयको पालना नगरी अनुपस्थित फेला परेका छन् । १७ जना कर्मचारीले अघिल्लो मितिमा विदा स्वीकृत नगराई अनुपस्थित हुनुभएको छ ।
त्यसैगरी, अनुगमनमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा १७, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा १०, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका छ जना, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा १६ जना, वन तथा वातावरण मन्त्रालयमा १९ जना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा १० जना कर्मचारी अनुपस्थित÷समयको पालना नगरेको पाइएको छ । समयको पालना नगर्ने कर्मचारीहरुमा शाखा अधिकृत र श्रेणीविहिनको संख्या अत्याधिक रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?