logo
२०८१ असोज ३ बिहीवार



२६ सय वर्षको विरासत धान्दै सम्राट नारूहितोको गद्दी आरोहण तस्बिरमा सम्राटको जीवनी

फिचर |
अन्तर्राष्ट्रिय |


२६ सय वर्षको विरासत धान्दै सम्राट नारूहितोको गद्दी आरोहण तस्बिरमा सम्राटको जीवनी



गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ५ गते । जापानी सम्राट नारूहितोले टोकियोमा आयोजित एक समारोहबीच आजबाट औपचारिक रुपमा राज्यारोहण गर्नुभएको छ ।
विश्वका झण्डै १८० देश र जापानका गरी करीब दुई हजार प्रतिनिधिको उपस्थितिमा परम्परागत शैलीमा राज्यारोहण गर्नुभयो ।
सो समारोहमा नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनु भएको छ । नारूहितो अहिले ५९ वर्षको हुनुहुन्छ ।
जापानी राजतन्त्रको इतिहास निकै लामो छ । करीब २६०० वर्ष पूरानो राज परिवारले आजसम्म निरन्तर रुपमा जापानमा शासन गर्दै आएको छ । जापानी राजतन्त्र आजभन्दा करीब २६०० वर्ष अघिबाट शुरू भएको भए पनि यससम्बन्धी प्रामाणिक इतिहास भने २३०० वर्ष अघिबाट मात्र रहेको छ ।

 


सम्राट नारुहितो, साम्राज्ञी मसाको र राजकुमारी आइको आफ्नो कुकुर यूरीसहित तोचिगी प्रान्तस्थित नासु इम्पेरियल भिल्लामा (१९ अगष्ट)


युवराज नारुहितो र सम्राट अकिहितो चोवादेनस्थित राज भवनमा(२३ डिसेम्बर)


(बायाँबाट) युवराज अकिहितो, राजकुमार अकिसिनो, नारुहितो, राजकुमारी सायाको र युवराज्ञी मिसिको (नोभेम्बर १९७२)


युवराज नारुहितो र युवराज्ञी मसाको आफ्नो छोरी आइकोसँग टोक्योस्थित अकासाका इस्टेटमा । (१९ नोभेम्बर, २००२)


नेदरल्याण्ड्सको अमस्टर्डमस्थित राजदरबारमा डच राजा विलियम–अलेक्जेण्डरको राज्याभिषेकमा युवराज नारुहितो र मसाको अन्य अतिथिहरूसँग । (३० अप्रिल, २०१३)


युवाअवस्थामा प्रवेश गर्ने अवसर मनाउन परम्परागत पोशाकमा युवराज नारुहितो (फेब्रुअरी १९८०)


युवराज नारुहितो र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउसमा कुराकानी गर्नुहुँदै । (११ अक्टोबर, १९८५)


युवराज नरुहितो र युवराज्ञी मसाको सिचीगामा र मियागी प्रान्तमा २०११ मा पूर्वी जापानमा गएको भूकम्पपछि गएको सुनामी प्रभावितहरुसँग अस्थायी बसोबासमा कुराकानी गर्नुहुँदै । (२० अगष्ट, २०१३)


युवराज नारुहितो मार्च २०१८ मा ब्रसिलामा आयोजित विश्व पानी सम्मेलनमा मन्तब्य राख्नुहुँदै ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?