logo
२०८१ मंसिर ८ शनिवार



गोसाइँकुण्डको महिमा

फिचर |


गोसाइँकुण्डको महिमा


हेमनाथ खतिवडा

गोसाइँकुण्ड हिन्दु धर्मावलम्बीहरूका लागि एउटा ऐतिहासिक महìवको पवित्र तीर्थस्थल हो । यो लाङटाङ राष्ट्रिय निकुञ्जभित्र संरक्षित छ । पवित्र तीर्थस्थलको नामले चिनिने गोसाइँकुण्ड रसुवा जिल्लामा पर्छ । प्रत्येक वर्ष साउनको
जनैपूर्णिमा र दशैँका अवसरमा यहाँ लाखौँ भक्तजन आउने गर्दछन् । पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँमा समुद्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त गर्न हिमालयखण्डको काखमा भगवान् शिवशङ्करले आफ्नो हातमा त्रिशूल लिएर भित्तामा हिर्काउँदा गङ्गाजल अर्थात् त्रिशूलधाराको उत्पति भई धाराको पानी जम्मा भएर गोसाइँकुण्ड उत्पत्ति भएको हो । अहिले पनि यहाँ त्रिशूलधारा देख्न सकिछ । कालकुट विष सेवन गरेका भगवान् शिवशङ्कर डाह शान्त पार्न हिमालय पर्वततिर लागेको प्रसङ्ग धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।
सफा मौसम र घाम लागेको बेला कुण्डको बीच भागमा भगवान् शिवशङ्कर सुतेको जस्तो आकृति देखिन्छ छ । गोसाइँकुण्डको लम्बाइ छ सय मिटर छ भने चौडाइ तीन सय ७० मिटर छ । भगवान् श्री शङ्करको बासस्थानका रूपमा
रहेको हिमालयको काखमा रहेको यो पवित्र कुण्डमा स्नान गरेमा जीवनभर गरेको पापबाट मुक्ति मिल्ने, पितृले मोक्ष प्राप्त गर्ने र मनले चित्ताएको पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौँ भक्तजनको ओइरो लाग्छ । कुण्डमार्गका ठूला ढुङ्गामा विभिन्न कला र आकृतिहरू देखिन्छ । पदमार्गमा क्रमशः सरस्वती, भैरवपछि गोसाइँकुण्ड पर्दछ । भैरवकुण्डमा भने भक्तजनहरू दर्शन गर्न जान नहुने मान्यता छ । यहाँ रहेका कुण्डहरूमध्ये गोसाइँकुण्ड नै ठूलो कुण्ड हो ।
काठमाडौँको बालाजुबाट नुवाकोटहँुदै रसुवाको बेत्रावतीस्थित उत्तरगयाधाम, कालिकामाई मन्दिरहँुँदै रसुवाको सदरमुकाम धुन्चे (११८ किमी टाढा ) पुग्न सकिन्छ । धुन्चेबाट पैदलयात्रा गरी एकदेखि डेढदिनको पैदलयात्रापछि सिङगोम्बा (चन्दनबारी) चौलाङपाटी, लौरीविनायकजस्ता रमणीय दृश्यावलोकन गर्दै गोसाइँकुण्ड पुग्न सकिन्छ । यहाँको हिमाली क्षेत्रमा एक सय
आठवटा कुण्ड रहेको छ । समुद्री सतहदेखि १४ हजार फिट उचाइमा रहेको गोसाइँकुण्ड २०६३ सालमा विश्व सम्पदा सूची तथा सिमसार क्षेत्रमा सूचीकृत छ । प्रकृतिको दृश्यावलोकन र जैविक विविधताको हिसाबले अत्यन्तै आकर्षक र
मनमोहक स्थान हो । विश्वमै दुर्लभ रेडपाण्डा गोसाइँकुण्ड मार्गमा पर्दछ । चरा, वन्यजन्तुहरूको आवाज, चिसो हावाको सुस्याहट, हिमाल तथा हरियाली दृश्य तथा यात्रामा धुपी वा सुनपातीजस्ता वनस्पतिको मगमग वासनाले यात्रा अझै रोमाञ्चक हुन्छ ।
धार्मिक तीर्थस्थल तथा पर्यापर्यटनको हिसाबले महìवपूर्ण सम्पदाका रूपमा चिनिन्छ । हिन्दु र बौद्ध धर्ममा आस्था राख्नेहरू गोसाइँकुण्ड एकपटक पुग्नै पर्ने विश्वास राख्छन् । त्यहाँ धेरै विद्यार्थी, अध्येताहरू अध्ययनको सिलसिलामा पुग्छन्, विदेशी तथा स्वदेशी पर्यटकहरू यहाँको मनोरम दृश्यावलोकन गरी प्रकृतिसँग लुकामारी खेल्दै मज्जा लिन्छन् ।
रसुवा कुण्डैकुण्डका रूपमा परिचित छ । हिमाली क्षेत्रमा १०८ कुण्ड रहेको भनाइ छ । यद्यपि सबैको उचित प्रचारप्रसार र सम्बद्र्धन हुन सकेको छैन । विश्वले पनि चिन्ने एक सम्पदा हो । गोसाइँकुण्ड क्षेत्र वरपरका तामाङ समुदायको भेषभूषा तथा संस्कृति मेलाको मुख्य आकर्षण हुन् । तामाङ संस्कृतिअनुसारका विभिन्न लामा, झाँकीकोे नाचले मेलामा रौनतकता थप्छ । सांस्कृतिक झाँकीहरू तामाङ सेलो र बिभिन्न किसिमका गीत गाउने र नाच्ने गर्दछन् ।

मुना मङसिर २०७६

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?