logo
२०८१ मंसिर ८ शनिवार



पर्यटकलाई स्वागत गर्न तयार लाङटाङ

फिचर |


पर्यटकलाई स्वागत गर्न तयार लाङटाङ


हेमनाथ खतिवडा

लाङटाङ राष्ट्रिय निकुञ्जभित्र विभिन्न धार्मिक एवं पर्यटकीयस्थल प्रमुख आकर्षण र महìवपूर्ण दर्शनीय स्थल रहेका छन् । हिमाली दृश्य तथा जैविक विविधता, विभिन्न किसिमका जडीबुटी, वन, वनस्पति, वन्यजन्तु र चराचुरुङ्गीलगायतले यस क्षेत्रको गरिमा अझै बढाएको छ । पर्यटक आकर्षणको केन्द्रबिन्दु लाङटाङ यहाँको मुख्य सम्पदा हो । जिल्लामा रहेका विभिन्न सम्पदामध्ये लाङटाङ ज्यादै आकर्षक एवं महìवपूर्ण मानिन्छ । सदावहार हिमशृङ्खला, लाङटाङ, लिरुङ हिमाल समुद्री सतहबाट सात हजार २४६ मिटरको उचाइमा रहेका छन् ।
अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले २०१७ मा घुम्नुपर्ने ५० ठाउँको सूची समावेश गर्दै नेपालको लाङटाङ क्षेत्रलाई ४३औँ नम्बरमा सूचीकृत गरेको छ । रसुवाको लाङटाङलाई ‘टुट्न लागेको एउटा सहरको पुनरागमन’भन्दै न्युयोर्क टाइम्सले पर्यटनलाई पुनर्जीवित गर्ने प्रयासमा पर्यटकका लागि १५ दिनको तामाङ हेरिटेज ट्रेलको अफर रहेको समेत उल्लेख छ । लाङटाङ राष्ट्रिय निकुञ्जसमेत घुम्नुपर्ने स्थानमा परेको छ । लाङटाङलाई उच्च हिमाली भूभाग, हरियो घाँसेमैदान, पुराना गाउँ मनोरम हिमालको अद््भूत चमत्कारीपनको रूपमा विश्वको ध्यानाकर्षण गराएको छ ।
साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन् । असोज १५ गतेदेखि कात्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन् तर हिजोआज यहाँको पर्यटकीय क्षेत्रमा बाह्रै महिना पर्यटक आउने गरेका छन् तर तीन महिना पर्यटकका लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको निकुञ्जले जनाएको छ । मौसममा विदेशी पर्यटक धेरै आउँछन् । इजरायल, फ्रान्स, क्यानडा, जापान, इटली, अमेरिका, थाइल्यान्ड, बेलायत, कोरिया, रसिया, स्पेन, उरुग्वे, कोरिया, सिङ्गापुरलगायत मुलुकका पर्यटक आउने गरेका छन् । लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ पुग्छन् । हामी श्रम र सीप बेच्न तयार छौँ, धुन्चेमा नमस्ते गोसाइँकुण्ड होटल व्यवसायी निशान गजुरेलले भन्नुभयो । निकुञ्ज क्षेत्रमा आएपछि लाङटाङलगायत एक दर्जन हिमशृङ्खला, गोसाइँकुण्डलगायत विभिन्न कुण्ड, ऐतिहासिक स्थल रसुवागढी पर्छन् भने विश्वको दुर्लभ रेडपाण्डा, हिमचितुवालगायत जनावर पनि देख्न सकिन्छ ।
रसुवामा लाङटाङ, गोसाइँकुण्ड, पार्वती, सरस्वती, भैरव, सूर्य, दूध, आमा, रक्त, रिभर, जागेश्वरकुण्डलगायत विभिन्न महìवका कुण्ड, तालतलैया सिमसार छन् ।
लाङटाङ र गोसाइँकुण्डलाई सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्र हेलम्बुसँग जोडेपछि पर्यटक बढ्ने तथा स्थानीयको आयआर्जनमा टेवा पुग्ने स्थानीय पर्यटन व्यवसायी साङ्गे शर्पाले बताउनुभयो । ठाउँठाउँमा चिया पसल, होमस्टे, होटल लज तथा बाटो विकास गर्नसके पर्यटक बढ्ने उहाँको अनुमान छ । रसुवाका विभिन्न पदमार्ग जोडेर हेलम्बु र पाँचपोखरीको सीमा क्षेत्र ह्योल्मोदेवी आमायाङ्ग्री, पाल्चोकमाईदेखि मिलारेपासम्म पदमार्ग बनाउने योजनामा रहेको प्रमुख शेर्पाले जानकारी दिनुभयो । अत्यधिक खर्चिलो हुने भएकाले अधिकांशले परम्परागत शैलीमा झ्याल बनाएर रैथाने संस्कृतिलाई धान्दै आएको हेलम्बु गाउँपालिकाकी उपप्रमुख कोपिला पण्डितले बताउनुभयो । संस्कृतिको महìवलाई बुझेर ह्योल्मो संस्कृतिको घर बनाउने पनि थुप्रै छन् । भ्रमण वर्षको तयारी क्रममा जिल्ला समन्वय समितिले कार्ययोजना तयार गरेको छ । पर्यटकको आगमन बढाउनका लागि विभिन्न प्याकेज सञ्चालन गर्ने, पर्यटकीय क्षेत्रमा सरसफाइ गर्ने, पहिलो दिन विभिन्न जोडीलाई निःशुल्क खाना तथा बासको व्यवस्थागर्नेलगायत योजना तयार पारिएको हो ।
नेपाल भ्रमण वर्ष २०२० जिल्लास्तरीय समितिको सचिवालयका अनुसार भ्रमण वर्ष शुभारम्भका लागि सातबुँदे निर्णय गरिएको छ । पहिलो दिन जिल्लाको बेत्रावती, कालिकास्थान, बाहुनडाँडा, धुन्चे, स्याफ्रुबेँसी र रसुवागढीमा पर्यटकलाई स्वागत गरिने छ । सोही दिन होटल व्यवसायीले पहिलो वा दोस्रो जोडीलाई एक रात निःशुल्क खाना तथा बासको व्यवस्था गर्ने छन् । समितिले दिएको जानकारी अनुसार रसुवागढी नाकाबाट प्रस्थान गर्ने सबै पर्यटकलाई २० प्रतिशत सहुलियत दिन यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।
जनवरी १ मा सांस्कृतिक कार्यक्रम, फुड स्ट्रिट फेस्टिवल, साँझ दीपावली गर्ने, तामाङ सङ्ग्रहालयको अवलोकन, डिजिटल डिस्प्लेद्वारा रसुवाको जानकारी दिने र सूचना केन्द्र स्थापना गरी पम्प्लेट, पोस्टर तथा स्टिकर वितरण गरिने छ । रसुवाको पर्यटकीय क्षेत्रमा पर्यटकको स्वागतका लागि हामी तयार रहेकाले संस्कृति, भेषभूषा र स्थानीय परिकारको प्रचारप्रसार गरी सहयोग गर्ने तयारी गरिएको छ । वार्षिक ५० हजारसम्म पर्यटकको आवतजावत हुने गर्छ । १८ हजार पर्यटक जिल्लाका विभिन्न पर्यटकीय क्षेत्र घुम्न जाने गरेका छन् । बाँकी पर्यटकले यहाँको सडक मात्र प्रयोग गर्ने गरेका छन् । रसुवागढी नाकाबाट भित्रिने तथा बाहिरिने पर्यटक रसुवामा बस्ने गरेका छैनन् ।
रसुवागढी नाकाबाट भित्रिने तथा बाहिरने चिनियाँ तथा तेस्रो मुलुकका पर्यटकलाई एक दिन बस्ने वातावरण सिर्जना गर्नुपर्ने होटल व्यवसायी निशान गजुरेलले बताए । जिल्लामा आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?