गोरखापत्र अनलाइन
काठमाडौं, फागनु २३ गते । मिर्गौला प्रत्यारोपण पछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समान्य हिँडडुल गराउन थालिएको छ ।
त्रिवि शिक्षण अस्पतालले अपरान्ह विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको श्वास्थ्य अबस्थामा क्रमिक सुधार भएको र उहाँलाई ठोस आहार दिन थालिएको जनाइएको छ ।
साथै उहाँका सबै महत्पूर्ण प्रयोगशाला परीक्षण सूचकाङ्कहरू समान्य अबस्थामा रहेको अस्पतालले जनाएको छ ।