logo
२०८१ मंसिर ८ शनिवार



कागजपत्रको सट्टा टिपर चालकले असईलाई पाँच सय र हबलदारलाई एक सय दिन खोजेपछि

फिचर |


कागजपत्रको सट्टा टिपर चालकले असईलाई पाँच सय र हबलदारलाई एक सय दिन खोजेपछि


केशवराज पौडेल

काठमाडौं, फागुन २५ गते । कागजपत्र बिनानै सामान बोक्ने टिपरले प्रहरीलाई कति रकम बुझाउँलान् । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१४ साँगामा कागजपत्र बिनानै काठमाडौं छिर्नलाई टिपरले प्रहरी सहायक निरीक्षक(असइ)लाई पाँच सय रुपियाँ र प्रहरी हबल्दारलाई एक सय रुपियाँ घुस खुवाउने खोजेपछि प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।

काभ्रेपलाञ्चोककै नमोबुद्ध नगरपालिका भकुण्डेवेशीवाट गिटी बोकेर आएको बा ५ ख ८७९४ नम्बरको टिपरसँग आवश्यक कागजपत्र नभएपछि प्रहरीचौकी सागाँमा कार्यरत प्रहरी हबलदार दिपेन्द्र कार्कीले कागजपत्र मागेका थिए ।

रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका–९ का २८ बर्षिया टिपर चालक सरोज तामाङले कागजपत्रको सट्टा एक सय रुपियाँ थमाएपछि प्रहरी हबलदार कार्कीले तत्कालै प्रहरी सहायक निरीक्षक हरिशरण बस्नेतलाई जाहेरी गरको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए ।

प्रहरी सहायक निरीक्षक आउने वितिक्कै चालक तामाङले पाँच सय रुपियाँ निकालेर दिएपछि प्रहरीले तत्कालै तामाङलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक तिमल्सिनाले बताए । प्रहरीले टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुशन्धान गरिरहेको बताएको छ ।

टिपरसँग मासिक बुझ्ने आरोप

कोटेश्वर पूर्व काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप र दोलखामा टिपर तथा सार्वजनिक यातायातका साधनमा ट्राफिक प्रहरीले मासिक रुपमा रकम बुझ्ने आरोप लाग्ने गरेको थियो । सात महिनाअघि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाको हिगुवापाटी प्रहरीचौकी, पाँचखालको पाँचखाल प्रहरी चौकी र बनेपाको ट्राफिक प्रहरी कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई हजार घुस रकमसहित तीन जना ट्राफिक प्रहरी र एक जना प्रहरीलाई नियन्त्रणमा लिएपछि काभ्रेपलाञ्चोक जिल्लामा टिपर तथा सार्वजनिक यातायातमा प्रहरीको निगरानी बढेको थियो ।

ढुंगा, गिट्टी र बालुवा बोक्ने ट्रक तथा टिप्परबाट रकम असुल्लेको आरोपमा अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले काभ्रेबाट पाँच प्रहरीलाई नियन्त्रणमा लिएर विशेष अदालतमा भष्ट्राचार निवारण ऐन अन्तरगत मुद्धा दायर समेत गरेको थियो । आईतबार काभ्रेको बनेपामा प्रहरीलाई रकम बुझाउन खोजेपछि चालकलाइ पक्राउ गरेर अनुशन्धान भैरहेको पहिलो घटना हो ।

सेलिब्रेटी बन्न सपथ

पौष २८ गते काभ्रेकै बनेपामा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा टिपर चालकहरुले विश्वकर्मा बाबाको नाममा सपथ खाएका थिए । बागमती टिपर व्यवसायीसंघको समन्वयमा दुर्घटना कम गराउन सपथ खुवाइएपनि त्यसको दुई महिना नपुग्दै कागजपत्र नभएको टिपरले काठमाडौं छिर्नलाई घुस खुवाउन खोज्दा प्रहरीले पक्राउ गरेको छ । सपथ खुवाउने टिपर संघ साधारण सभा मनाउन पोखरा रहँदा कागजपत्र नबोकी प्रहरीलाई घुस खुवाउन खोज्ने टिपर चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरेर कहिल्यै गाडी चलाउदिन, गाडीमा संगितको उफर तथा झल्लर र सिसामा स्टिकर राख्दिन, बस्ती क्षेत्रमा प्रेसर हर्न बजाउँदिनँ । जथाभावी ओभरटेक तथा पार्किङ गर्दिन, पानी चुहाएर सामान ढुवानी गर्दिनँ ,ओभरलोड समान बोक्दिन, गाडी चलाउनु अगाडि गाडी चेकजाँच गर्नेछु, क्याबिन र ढालामा यात्री राख्दिन,तीव्र गतिमा गाडी चलाउँदिन, गाडी चलाउँदा मोबाइल फोन प्रयोग गर्दिन, आकस्मिक सेवाका साधन तथा पैदल यात्रुलाई प्राथमिकता दिनेछु,गाडीको कागज पत्र सधै साथमा राख्नेछु, ट्रफिक नियमको पालाना गर्नेछु र भिजिट नेपाल २०२० को प्रचार प्रसारको लागि मेरो गाडीमा स्टिकर टाँस्नेछु भनेर बाबा विश्वकर्माको नाममा सपथ खाएपनि कागजपत्र बिनानै आउने र पैसा खुवाउन खोज्दा प्रहरीले पक्राउ गरेको हो । प्रहरी र बागमती टिपर व्यवसायी संघले आफू सेलिब्रेटी बन्न मात्रै सपथ कार्यक्रम गरेको र चालक सुध्रन नसकेको जानकारहरु बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?