logo
२०८१ मंसिर ८ शनिवार



जडीबुटीमा छ प्रतिरोधी क्षमता, भाइरससँग लडने शक्ति भएकाे दावी

राष्ट्रिय |
स्वास्थ्य |


जडीबुटीमा छ प्रतिरोधी क्षमता, भाइरससँग लडने शक्ति भएकाे दावी


चाँदनी हमाल

काठमाडौँ, फागुन २७ गते । नेपालका वनस्पतिविज्ञ तथा अध्येताले गरेको अध्ययनमा नेपालका जडीबुटीमा भाइरलसँग लड्न सक्ने प्रचुर क्षमता रहेको पाइएको छ । नेपालमा ११ हजार ९७१ प्रजातिका वनस्पतिमध्ये ८१९ प्रजातिका औषधिजन्य जडीबुटी पाइन्छन् ।
नेपालका परम्परागत चिकित्सामा प्रयोग हुने ४१ प्रजातिका जडीबुटीका भाइरलविरोधी क्षमताको अध्ययन भएको छ । ती औषधीय गुण भएका जडीबुटी २७ परिवारसँग सम्बन्धित छन् । एन्टी भाइरल, एन्टी हर्पस र एन्टी इन्फ्लुएन्जाका तìव तिनमा पाइएको छ  ।
जर्मन सहयोगमा करिब पाँच वर्ष लगाएर गरिएको अध्ययनमा सो कुरा उल्लेख छ । सन् २००९ मा प्रकाशित सो अध्ययनको निष्कर्षले नेपालका जडीबुटीमा भाइरलसँग लड्न सक्ने प्रचुर क्षमता देखाएको छ । हर्पस सिम्प्लेक्स भाइरस (एचएसभी–१) र ‘इन्फ्लुएन्जा भाइरस ए’ विरुद्ध नेपालका जडीबुटीले लड्नसक्ने तथ्य त्यस अध्ययनले बताएको छ तर त्यसको उपयोग नेपालको चिकित्सा क्षेत्रले प्रत्यक्ष गर्न सकेन ।
भाइरलविरुद्ध लड्नसक्ने आठवटा मुख्य जडीबुटीमध्ये पाखनवेद र बेदाङ्गो अर्थात् गाने गुर्जोले दुवै खालका भाइरलसँग लड्नसक्ने रासायनिक तìव बोकेका छन् । गाउँघरमा पाखनभेदलाई जन्ती फूल, सेलपारु, सिम्पाटी, नामले चिनिन्छ । वेदाङ्गोलाई बूढोओखती, ठूलो ओखती भनेर चिनिन्छ । यो उच्च हिमाली भेगमा पाँच हजार मिटरमाथि पाइन्छ । पाखनवेदले चट्टान फोरेर आफ्नो वासस्थान बनाउँछ भन्ने मान्यता राखिन्छ । नेपालको उच्च भूभाग ३५ सय मिरटमाथि यो पाइन्छ । ग्रामीण भेगमा पाखनवेदका जरा रुघाखोकी, ज्वरो, पखाला र सुत्केरी महिलालाई खुवाउने गरिन्छ ।
चिकित्सकीय उपयोगका लागि भएको त्यो अध्ययनले भाइरलसँग लड््न सक्ने प्रमाणित गरेको त्रिभुवन विश्वविद्यालयका वनस्पति विज्ञ तथा अध्येयता मध्येका एक प्रोफेसर डा. प्रमोदकुमार झाले बताउनुभयो । उहाँका अनुसार अन्य छमध्ये आधाले एउटा र अर्को आधाले अर्कोथरि भाइरलसँग लड्नसक्ने क्षमता राख्छ । वेदाङ्गो, पाखनवेदसहित क्यासियोप फास्टिगियाटा र थाइमस लाइनारिसले एचएसभी–१ भाइरलसँग लड्नसक्ने क्षमता राख्छ ।

त्यस्तै पाखनवेद, वेदाङ्गोसहित अल्लियम ओरेओप्रसन, एन्ड्रोसेस स्ट्रिगिलास, एस्पारागस फिलिसिनस, एस्टिल रेवुलरिस र भर्बास्कम थाप्सस अङ्ग्रेजी नाम रहेका जडीबुटीले कडा इन्फ्लुएन्जाविरुद्ध आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।
अध्ययनमा भनिएको छ, “परम्परागत चिकित्सा स्वास्थ्यको मुख्य आधार हो र अधिकांश औषधि बिरुवाबाटै आउँछन्, धेरै बोट बिरुवा लामो समयदेखि मान्यता प्राप्त औषधिमा प्रयोग गरिएको छ ।” अध्ययनका अनुसार, केही तुलनात्मक रूपमा अव्यवस्थित छन्, आधुनिक प्रयोगमा पुगिसकेको छैन । तथापि अध्ययन गरेर आधुनिक औषधिमा पु¥याउनुपर्नेमा जोड दिइएको छ ।
मनाङ, मुस्ताङ जिल्लाका गुरुङ र थकाली समुदायले औषधिका रूपमा प्रयोग गर्ने जडीबुटीलाई अध्ययनको स्रोत बनाइएको थियो । यस अध्ययनले थप सक्रिय जैविक यौगिक फेला पार्ने सम्भावनालाई प्रबल बनाएको अध्ययनले जनाएको छ । यो मात्र हैन वनस्पति विभागको प्राकृतिक सम्पदा अनुसन्धानशालाले ३५० औषधिजन्य जडीबुटीको अध्ययन गरेको छ । “चिराइतो जुन सिटामोल बनाउन प्रयोग हुन्छ, त्यसको अध्ययन भएको छ ।” विभागका महानिर्देशक धनञ्जय पौडेलले भन्नुभयो, “क्यान्सरको उपचार गर्ने शक्ति भएको लोठसल्लाको अध्ययन पनि भएको छ ।”
क्यान्सर निको पार्ने तìव टेन्डभको मात्र प्रचुर रहेको भेटिएको छ । त्यस्तै यार्सागुम्बा, कुट्की ढँटेलो, शीतलचिनी लगायतका जडीबुटीको अध्ययन भएको छ । जस अनुसार जडीबुटीमा के के औषधिजन्य रसायन तìव छन् र कस्ता खालका सुगन्धित तेलका गुण छन् भनेर अध्ययनले पत्ता लगाएको शाखाका वरिष्ठ अनुसन्धान अधिकृत देवीप्रसाद भण्डारीले जानकारी दिनुभयो । अध्ययनले औषधि उत्पादन कसरी बनाउने भनेरसमेत प्रष्ट्याएको छ ।

जडीबुटीबाट लाभ लिनुपर्छ
यसरी विभिन्न तहमा भएका अध्ययन अनुसन्धानबाट आधुनिक चिकित्सा क्षेत्रले फाइदा लिन भने नेपालले सकेको छैन । आफूहरूले गरेका धेरै अध्ययन व्यापारिक वर्गले लगेर फाइदा लिए पनि आम जनमानसले त्यसको फाइदा लिन नपाएको वनस्पति विभागले स्वीकार गरेको छ ।
अनुसन्धानको सारतìवका आधारमा एलोपेथिक औषधि बनाउन धेरै समय लाग्छ तर दैनिक जीवनमा तत्काल उपभोग गर्ने खालका उत्पादन गर्न कुनै समय लाग्दैन तर पनि यसतर्फ सरकारको ध्यान नगएको अध्येयता सुनाउँछन् । “चिकित्सा क्षेत्रमा भएका अध्ययन निकै कम भएका छन्, भएकाको पनि प्रमाणित गरेर लाभ लिन सकिएको छैन,” प्रोफेसर प्रमोदकुमार झाले भन्नुभयो । वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठ सरकारले जडीबुटी भनेको निर्यात गर्ने वस्तु हो भन्ने मान्यता राखेकै कारण फाइदा लिन नसकेको औँल्याउनुहुन्छ ।
“निकासी गर्ने मान्यता परिवर्तन गर्नुपर्छ र हाम्रै स्वास्थ्यका लागि देशभित्र उपयोग गर्ने उपाय अपनाउनुपर्छ,’’ उहाँले थप्नुभयो । अचेल मानिसहरू हर्बल उत्पादनमा आकर्षित भइरहेकाले त्यसमा सरकारको योजनाले आत्मनिर्भर बन्न सक्ने अवसर रहेको उहाँ प्रष्ट्याउनुहुन्छ ।
सजीवनको पातको चियो, स्याउको जुस, बेलको जुस, गुर्जोको चिया, टिमुर, घिउकुमारीको जुस, सिस्नुको धुलो, चेवनप्रास लगायत आयुर्वेदिक र जडीबुटीकै तìवबाट बनेका महँगो एलोपेथिक औषधि बाहिरबाट आयात हुने गर्दछ । ती औषधि देशभित्रै उत्पादन गर्ने अवस्था सिर्जना गरे स्वास्थ्य र अर्थ दुवैको सुधार हुने उहाँ बताउनुहुन्छ ।
“औषधिजन्य कच्चा पदार्थ निर्यात गरेर त्यही कच्चा पदार्थबाट बनेको महँगो आयुर्वेदिक र एलोपेथिक औषधि किन्ने जुन चक्र छ, त्यो सरकारले तोड्नुपर्छ,” श्रेष्ठ भन्नुहुन्छ । नेपालमा कुल ११ हजार ९७१ प्रजातिका वनस्पतिमध्ये ८१९ प्रजातिका औषधिजन्य जडीबुटी पाइन्छन् जसमध्ये १६० बढी प्रजातिको व्यावसायिक प्रयोजनमा जाने गरेको छ । कुल जडीबुटीमध्ये ५ प्रतिशतले देशको कुल गार्हस्थ उत्पादनका लागि योगदान पु¥याउने गरेको जडीबुटी शाखाका रघुराम पराजुलीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?