logo
२०८१ असोज ५ शनिवार



बिल गेट्सले दिनुभयाे माइक्रोसफ्टबाट राजीनामा

फिचर |
अन्तर्राष्ट्रिय |


बिल गेट्सले दिनुभयाे माइक्रोसफ्टबाट राजीनामा


काठमाडौं, चैत्र १ गते । बिल गेट्सले माइक्रोसफ्टको कार्यकारी महानिर्देशकबाट राजीनामा दिनुभएको छ । सामाजिक सेवामा सक्रिय रहने भन्दै उहाँले पदबाट राजीनामा दिएको माइक्रोसफ्टले जनाएको छ । उहाँले बेर्कसायर हाथावे नामको कम्पनीबाट पनि राजीनामा दिनुभएको छ ।
फोब्र्स पत्रिका अनुसार उहाँ विश्वका दोश्रो धनी व्यक्तिको रुपमा चित्रण गर्नुभएको छ । अमेजनका संस्थापक जेफ बेजोस्पछि बिल गेट्सको १०३.६ अर्ब अमेरिकी डलर बराबरकाे सम्पत्ति रहेको छ ।
६५ वर्षीय गेट्सले विश्वको स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा बढी काम गर्न बताउँदै राजीनामा दिनुभएको हो । अब बिल गेट्स प्राविधिक सल्लाहकारको रुपमा मात्र कम्पनीमा रहनुहुनेछ ।
उहाँले सन् १९७५ मा पाउल एलनसँग मिलेर माइक्रोसफ्ट कम्पनी स्थापना गर्नुभएको थियो । सन् २००० सम्म बिल गेट्सले माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गर्नुभयो ।
माइक्रोसफ्टको हालका प्रमुख कार्यकारी निर्देशक सत्या नडेलाले बिल गेट्ससँग काम गर्न पाउनु आफ्ना लागि गौरवको कुरा भएको बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?