logo
२०८१ मंसिर ९ आईतवार



जुम्लामा पाँच महिनादेखि परेकाे हिउँका कारण जनजीवन प्रभावित

फिचर |
प्रदेश |


जुम्लामा पाँच महिनादेखि परेकाे हिउँका कारण जनजीवन प्रभावित
जुम्लामा पछिल्लो पटक चैत २ गतेको हिमपात । तस्बिरः नेत्र शाही




नेत्र शाही
खलङ्गा, चैत २ गते । हिउँ पर्ने निश्चित समय हुन्थ्यो, यो वर्ष धेरै हुँदा हामी पनि अच्चम भएका छाैं ।, जुम्ला चन्दननाथ नगरपालिका भारतीबाडाका सुरत हितानले भन्नुभयो, ‘हिउँ प¥यो हिउँदको एक दुई पटक मात्रै भन्दा अच्चम लाग्थ्यो तर यो वर्ष धेरै पटक हिउँ परेकाले दैनिक हिउँ पर्छ जस्तै लाग्छ ।’
हिमपात हुनु कुनै आश्चर्य होइन तर किन फरक फरक समयमा हिउँ पर्छ भन्ने विषयमा यहाँका स्थानीय अहिले दंग परेका छन् । चैत महिना लागेपछि पनि जुम्लामा फेरि हिमपात भएको छ । चैत महिनामा पनि हिउँ परेपछि स्थानीय अच्चम्मित भएका छन् । हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ । यस पटक भने लगातार दुई दिन परेको पानी पछि हिउँ परेको हो । हिउँ परेपछि चिसोले खानेपानीको धारामा समेत पानी जमेको छ भने यातायात प्रभावित भएको छ ।
विशेषगरी हवाई यातायात तीन दिनदेखि ठप्प भएको नागरिक उड्डयन प्राधिकरण कार्यालय जुम्लाले जनाएको छ । नागरिक उड्डयन प्राधिकरण महेन्द्र सिंहले हवाई सेवा बन्द हँुदा उडान हुन नसकेको जानकारी दिनुभयो । करिब पाँच महिनादेखि लगातार पानी र हिउँको चिसोले सास्ती दिएको छ । चिसोले रुघाखोकीका विरामीहरु बढेका छन् ।
स्थानीय महिला सुलोचना हितानले पानीको धारामा तातोपानी हाल्दा पनि पानी नआएको बताउनुभयो । जुम्लाको तापक्रम शनिबार रेर्कड गरिए अनुसार माइनस २.६ डिग्री रहेको जल तथा मौसम विज्ञान कार्यालय जुम्लाले जनाएको छ ।
विज्ञहरु यस विषयमा भने समय अनुसार नभई तलमाथि फेरबदल भएर हिउँ पर्ने तथा धेरै कम पानी पर्ने विषय जलवायु परिवर्तनको प्रभाव भएको बताउँछन् । वन तथा वातावरण मन्त्रालयका उपसचिव डा. केशवराज गौतमले फेरबदल भएर वर्षा हुने र हिउँ पर्ने जलवायु परिवर्तनको प्रभाव भइरहेको जानकारी दिनुभयो । उहाँले पछिल्लो दुई वर्षदेखि अत्याधिक मात्रामा हिउँ पर्नु र निरन्तर हिउँ पर्नु पनि जलवायु परिवर्तन भएको उल्लेख गर्नुभयो ।
जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले अनियन्त्रित हिउँ, पानी पर्नु जलवायु परिवर्तनको प्रभाव भएको दावी गर्नुहुन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?