गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको संक्रमणको सामना गर्न कोष खडा गर्ने प्रस्ताव गर्नुभएको छ । उहाँले उक्त कोषमा भारतले एक करोड अमेरिकी डलर जमा गर्ने घोषणा गर्नुभयो ।
सार्कका राष्ट्र प्रमुखहरुको भिडियो सम्मेलनमा उहाँले उक्त कोष खडा गर्ने प्रस्ताव गर्नुहुँदै सहयोग राशीको घोषणा गर्नुभयो । आवश्यकता बमोजिम दक्षिण एशियाका आठवटै राष्ट्रले उक्त कोषको सदुपयोग गर्ने उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा अोलीले माेदीकाे साे प्रस्ताकाे स्वागत गर्नुभयाे ।
सार्कका सबै सदस्य राष्ट्रका प्रमुखहरुले प्रस्तावमाथि आ आफ्नो मन्तब्य राख्ने क्रम जारी रहेको छ । उक्त कन्फेरेन्समा प्रधानमन्त्री केपी शर्मा ओली, पाकिस्तानका स्वास्थ्य मन्त्री जाफर मिर्जा, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, भुटानका प्रधानमन्त्री छिरिङ्ग तोग्बे, माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमीन, श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपाक्षे र बङ्गलादेशका प्रधानमन्त्री शेष हसिनाले मन्तब्य राख्नुभएको छ ।