काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–८ महादेवस्थानको चनौटे फाँटमा चैते रोपाई सुरु भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर, रोशी, पाँचखाल, भुम्लु,चौरीदेउराली, तेमाल, खानीखोलाको तल्लो भागमा चैत्रे रोपाई हुने गरेको छ ।
काभ्रेपलाञ्चोकमा पछिल्लो समय सिचाइको अभाव भएसँगै चैते रोपाई गर्ने क्षेत्रमा भने कमी आउन थालेको कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोक धुलिखेलले जनाएको छ ।
जिल्लामा सिंचाइको भएको ठाँउमा दुई पटक रोपाइ हुने गरेको छ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुरको चनौटे फाँट,चण्डेनीफाँट र जैसिथोकमा चैते धानको खेती हुँदै आएको छ ।
तस्बिर सौजन्य: पुरुषोत्तम श्रेष्ठ/ शब्द: केशवराज पौडेल