logo
२०८१ मंसिर ९ आईतवार



साउदीमा कोराना बारे गलत पोष्ट गरे पाँच वर्ष कैद हुने, नेपाली दूताबासले बनायो सचेत

फिचर |


साउदीमा कोराना बारे गलत पोष्ट गरे पाँच वर्ष कैद हुने, नेपाली दूताबासले बनायो सचेत


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्र ६ गते । साउदी सरकारले कोरोना भाइरसका बारेमा भ्रमपूर्ण समाचार फैलाउने व्यक्तिलाई पाँच वर्ष कैद र ३० (तीस) लाख साउदी रियाल जरिवाना हुनसक्ने बताइएको छ ।
साउदीस्थित नेपाली राजदूतावासले कोरोना भाइरसका बारेमा भ्रमपूर्ण समाचार फैलाएको आरोपमा साउदी अनुसान्धान ब्यूरोले एक विदेशी नागरिकलाई पक्राउ गरी कानूनी कार्यवाहीको प्रक्रिया अघि बढाए पछि त्यहाँ रहेका नेपालीलाई दूतावासले सचेत बनाएको छ ।
दूतावासले बिहीवार एक सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमण र फैलावट सम्बन्धमा साउदी सरकारका तथ्याङ्क र सूचना भन्दा बाहिर गएर अनावश्यक नबोल्नुहुन र तथ्यहीन विषय सोसल मिडियामा पोष्ट नगर्न अनुरोध गरेको छ ।
अत्यन्त संवदेनशील बन्दैगएको यो रोगको संक्रमण सम्बन्धमा कुनै अफवा फैलाउने सद्भाव खलबल्याउने प्रकारका कुनैपनि कार्य नगर्नुहुन दूतावासले साउदीमा रहेका नेपालीहरुलाई अनुरोध गरेको छ ।
कुनै गलत गतिविध भेटाएमा यहाँको कानुन अनुसार अत्यन्त कडा सजाय हुनेहँुदा सजग हुन आग्रह साउदी अरबमा रहेका नेपालीलाई राजदूतावास रियादको अनुरोध गरेको हो ।
साउदीमा हिजोसम्म कोरोना भाइरसबाट संक्रमितहरुको संख्या २३८ पुगेको सरकारी स्रोतले जनाएको छ ।
राजधानी रियादमा मात्र हिजो थप १९ जनामा यो संक्रमण देखिएको दूतावासले बताएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने महत्वपूर्ण प्रयासका रुपमा यहाँको स्वास्थ्य मन्त्रालयले मोवाइल प्रयोग कर्ताहरुमा एक सन्देश पठाइ संक्रमण हुन नदिन अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी गराउन शुरु गरेको छ ।
आफ्नो मोवाइलमा प्राप्त हुने सचेतनाका सूचनाहरुलाई पालना गर्नुहुन नेपालीलाई दूतावासले आग्रह गरेको छ ।
साउदीमा कोरोना संकमितहरुको संख्या बढेकोले संक्रमण रोक्न मानिसहरुको आवागमन धेरै हुने धार्मिक स्थल समेत बन्द गर्ने निर्णय गरिसकेकोे छ ।
तसर्थ, संक्रमण रोक्न अपनाउनुपर्ने सावधानीका बारेमा नेपाल सरकार तथा साउदी सरकारले जारी गरेका सचेतनामूलक सामाग्रीहरु एवं यस राजदूतावासले यस अघि जारी गरेका सूचना र जानकारीमा ध्यान दिनुहुन नेपालीलाई दूतावासले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?