logo
२०८१ मंसिर ९ आईतवार



नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच फोन वार्ता, कोरोना विरूध्द लड्न -यापिड रेस्पोन्स टिम सहितकाे सहयोग दिने

फिचर |
मुख्य समाचार |


नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच फोन वार्ता, कोरोना विरूध्द लड्न -यापिड  रेस्पोन्स टिम सहितकाे सहयोग दिने


गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ७ गते । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री डा.सुब्रमन्यम जयशंकरबीच कोभिड–१९ को संकट नियन्त्रणका लागि सिमा नाकामा प्रभावकारी उपायको व्यवस्थापन गर्नुपर्नेमा दुबै देशले ध्यान दिने सहमति भएको छ ।
कोरोना भाइरसँग लड्न आवश्यक सहकार्यको बिषयमा शुक्रबार भएको टेलिफोनवार्तामा दुई देशका विदेशमन्त्रीले सिमा नाकाबाट हुने जोखिम न्यूनीकरण गर्न कडा चेकजाँच र सुरक्षा सतर्कता बढाउने सहमति भएको हो ।
दुई देशले कोरोना भाइरससँग लड्नका आगामि दिनमा गर्ने सहकार्य बढाउने बिषयमा फोनवार्तामा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुबै मन्त्रीले दुई देशबीच अत्यावश्यक दैनिक उपाभोग्य सामग्री तथा मेडिकल सामग्रीको सहज उपलब्धता गराउने बिषयमा बिशेष जोड दिनुभएको थियो ।
सो क्रममा मन्त्री ज्ञवालीले विदेशमन्त्री जयशंकरमार्फत भारत सरकारले यस संकटसँग लड्नका लागि चिकित्सक र विज्ञ सहितको र्यापिड रेस्पोन्स टिमको सहयोग दिने घोषणाको सराहना गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?