गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त ११ गते । चीनले कोभिड–१९ को सामना गर्न नेपाललाई एक्लिन नदिने जनाएको छ । उत्तरी छिमेकी राष्ट्र चीनले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई आवश्यक चिकित्सकीय सामग्री उपलब्ध गराउने प्रयास गरिरहेको जनाएको छ ।
नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई एक्लिन नदिने बताउनुभएको छ । उहाँले सोमबार राति ट्वीटरमार्फत् चिकित्सकीय सामग्रीहरुको व्यवस्थापन गरि नेपाललाई सहयोग गर्न प्रयासरत रहेको बताउनुभएको हो । राजदूत यान्छीले नेपालका लागि प्रार्थना गरिरहेको उल्लेख गर्नुहुँदै चिकित्सकीय सामग्रीका लागि समन्वय गरिरहेको जानकारी दिनुभएको हो ।
चीनले गत् साता कोभिड–१९ को सामना गर्न नेपाललाई आवश्यक पर्ने चिकित्सकीय सामग्रीहरुको सूची माग गरेको थियो ।