logo
२०८२ जेष्ठ २८ मंगलवार



चीनबाट स्वास्थ्य सामाग्री भोलिमात्र आइपुग्ने

फिचर |
पढ्नै पर्ने |


चीनबाट स्वास्थ्य सामाग्री भोलिमात्र आइपुग्ने


चित्र मिजार

सिन्धुपाल्चोक, चैत १४ गते । कोरोना भाइरस परीक्षण गर्ने दुई हजार थान टेष्टिङ किड भोलि अर्थात शनिबार बिहान १० बजे तातोपानी नाका आईपुग्ने भएको छ ।

तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार शुक्रबार मात्रै नेपाली बिमान चीन तर्फ कोरोना भाइरस प्रतिरोधी सामाग्री लिन जाने भएका कारण तातोपानी नाकामा किड आउन ढिलाई भएको जानकारी दिनु भयो । चीनबाट आज उक्त सामाग्री आउने भनिएको थियो । सो सामाग्री चीन सरकारले सहयोग गरेको हो ।

शनिबार बिहान १० बजेको समयमा सो सामाग्री तिब्बतको खाशामा आईपुग्ने खबर आएको प्रमुख खत्रीले बताउनु भयो । खाशा आइपुगेको दुईतीन घण्टामा तातोपानी नाका आइपुग्ने उहाँले जानकारी दिनु भयो । सो सामाग्री नाका आइपुग्ने बित्तिकै भन्सारका सबै प्रक्रिया पूरा गरेर शनिबार बेलुकी सम्म सो सामाग्री काठमाडौं पुग्ने तातोपानी भन्सार प्रमुख खत्रीले जानकारी दिनु भएको छ ।

भन्सारको सबै प्रक्रिया र कर्मचारी तयारी हालतमा रहेकोले सो सामाग्रीलाई भन्सार प्रक्रिया पूरा गरि तुरुन्तै राजधानी पठाइने खत्रीले बताउनु भयो । सामाग्रीहरु जाँचपासमा संलग्नहरुले मेडिकल प्रोटोकलको पालान गरि जााच गरिने जानकारी दिइएको छ । कन्टेनर चालक र अन्यको स्वास्थ परीक्षण पनि गरि सामाग्ी राजधानी पठाइने बताइएको छ । तातेपानी नाका माघ १५ गतेबाट बन्द रहेको थियो । किड ल्याएर नाका पुनसंचालन पनि हुने भएको छ ।

यसअघि राससको समाचारमा, चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको भनिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?