logo
२०८१ मंसिर ९ आईतवार



खजुराको इन्टरनेट सुविधासहितको क्वारेन्टाइन भरिएपछि बेडहरु थप्ने तयारी

फिचर |
प्रदेश |


खजुराको इन्टरनेट सुविधासहितको क्वारेन्टाइन भरिएपछि बेडहरु थप्ने तयारी
खजुरामा तयार गरिएको इन्टरनेटसहितको क्वारेन्टाइन



सिराज खान
नेपालगञ्ज, चैत १४ गते । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ स्थित मैटहवा माविमा तयार गरिएको इन्टरनेटसुविधा सहितको २५ बेडको क्वारेन्टाइन भरिएको छ ।
२५ बेड क्षमताको सो क्वारेन्टाइनका भारत र अन्य देशबाट आएका २६ जना पुगेपछि कोठा र बेड थप्ने कार्य भैरहेको खजुरा गाउँपालिकाले जनाएको छ ।
गाउँ कार्यपालिकाको ४९ औं बैठकले निर्णय गरे बमोजिम मैटहवा माविमा तयार गरिएको २५ बेडको सुविधायुक्त क्वारेनटाइन दुई दिनमै भरिएको हो ।
सो क्वारेन्टाइनमा बस्नेहरुलाई बस्ने खाने शौचालय प्रयोग गर्ने देखि अन्य स्वास्थ्यका कुरामा स्तरीय प्रवन्ध मिलाइएकाले विदेशबाट आएकाहरु आफैँ आएको खजुरा गाउँपालिकाका प्रमुख किस्मत कमार कक्षपतिले बताउनुभयो ।
उहाँले क्वारेन्टाइन स्थलमा स्वास्थ्यको टिमसहित सेवा प्रदान गरिरहेको जनाउनु भयो ।
क्वारेन्टाइनमा बस्ने र व्यवस्थापन मिलाउने हेरविचार गर्ने सबैलाई कुनै असजिलो र एकान्त महशुस नहोस् र समय काट्न सजिलो होस् भनेर नेटसहितको सुविधा प्रदान गरिएको अध्यक्ष कक्षपतिले बताउनुभयो ।
उहाँले आवश्यकता अनुसार अरु बेड थप गरिने जनाउँदै बेड स्थापना गर्न नेपाल रेडक्रस सोसाइटी बागेश्वरी उप शाखाले कम्बल, बाल्टी, मग, मेट्टेस आदि सहयोग गरेको बताउनुभयो ।

नेपालगञ्जको क्वारेन्टाइन परिवर्तन गर्न माग
नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइन मान्छे बस्ने लायकको नभएकाले त्यसलाई तत्काल सुधार गर्न माग गरिएको छ ।
हाल सो क्वारेन्टाइनमा रहेका नौजनाले त्यहाँ फोहोर रहेको लामखुट्ट्े लागि रहेको र शौचालय समेत अत्याधिक फोहोर भएकाले एकदिन पनि बस्न नसक्ने गुनासो गर्दै परिवर्तन गर्न माग गरेका छन् ।
सो क्वारेन्टाइनमा हालसम्म नौजना विदेशबाट आएका नेपालीहरुलाई राखिएको छ । उहाँहरुले त्यहाँबाट नसारिए झन विरामी हुने चिन्ता व्यक्त गर्नुभएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले सुधार गर्नुपर्ने आवश्यकता देखिएकाले सुधार गर्ने कार्य भैरहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?