logo
२०८१ असोज ६ आईतवार



बेलायती प्रमलाई कोरना संक्रमण, अलग्गै बसेर सरकार हाँक्ने

अन्तर्राष्ट्रिय |


बेलायती प्रमलाई कोरना संक्रमण, अलग्गै बसेर सरकार हाँक्ने


गोरखापत्र अनलाइन
काठमाडौं, चैत १४ गते । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनमा कोभिड–१९ को संक्रमणको पुष्टि भएको छ । उहाँले आफ्नो ट्वीटर हयाण्डलबाट आफूमा कोभिड–१९ संक्रमणको पुष्टि भएको उल्लेख गर्नुभएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले ट्वीट गर्नुहुँदै पछिल्लो २४ घण्टामा आफूमा लक्षण देखा परेको उल्लेख गर्नुभएको छ । लक्षण देखापरेपछि परीक्षण गराउँदा आफूमा कोभिड–१९ को संक्रमणको पुष्टि भएको उहाँले जनाउनुभएको छ ।
प्रधानमन्त्री जोनसन सेल्फ आइसोलेशनमा बसेको बताउनुभएको छ । यद्दपी सरकारको नेतृत्व गर्दै भिडियो कन्फेरेन्समार्फत् कोभिड–१९ विरुद्धको लडाइलाई जारी राख्ने उल्लेख गर्नुभएको छ । सबैजना मिलेर यसलाई पराजित गर्ने उहाँले ट्वीट मार्फत् विश्वास व्यक्त गर्नुभएको छ । ‘स्टे होम सेभ लाइभ्स’ हयाश ट्याग गर्दै उहाँले ट्वीटमै भिडियो सन्देश अपलोड गर्नुभएको छ ।
यसअघि बेलायतका राजकुमार चाल्र्समा समेत कोभिड–१९ संक्रमणको पुष्टि भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?