विश्वास रेग्मी
काठमाडौं, चैत १८ गते । सरकारले भ्रमण वर्ष २०२०को कार्यक्रम औपचारिक रुपमै स्थगित गरेको छ । चैत ९ गते बसेको मन्त्रीपरिसदको बैठकले उक्त निर्णय गरेको सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारिले जानकारी दिनुभयो ।
उहाका अनुसार यो निर्णय सङ्गै भ्रमण वर्ष २०२० को प्रचार प्रसारका लागि स्थापना गरिएको भ्रमण वर्ष २०२० को सचिवालय आगामी बैशाख १ गते देखि बिघटन गर्ने निर्णय पनि भएको छ । २०२० भर २० लाख पर्यटक भित्राउने उद्देश्यसहित सरकारले जनवरी १ मा यो अभियानको औपचारीक उद्द्घाटन गरेको थियो ।
पर्यटनलाई नेपालको अर्थतन्त्रको महत्वपूर्ण क्षेत्रका रुपमा स्थापित गर्ने उद्देश्यका साथ सरकारले भ्रमण बर्स घोषणा गरेपनी कोरोना भाइरसको सन्क्रमणका कारण यो अभियान स्थगित गर्नुपरेको हो ।