logo
२०८१ असोज ६ आईतवार



विश्वभरि नौ लाख संक्रमित, अमेरिकामा एकैदिन करिब नौ सयको मृत्यु

फिचर |
अन्तर्राष्ट्रिय |


विश्वभरि नौ लाख संक्रमित, अमेरिकामा एकैदिन करिब नौ सयको मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २० गते । संयुक्त राज्य अमेरिकामा कोभिड–१९ बाट संक्रमित हुने बिरामीको संख्या दुई लाख नाघेको छ । बुधबारसम्म दुई लाख तीन हजार ६०८ जनामा संक्रमणको पुष्टि भएको छ ।
अमेरिकास्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार बुधबार एकैदिन कोभिड–१९ का ९१७ जना संक्रमितको मृत्यु भएको छ । सीएनएनले कोभिड–१९ को संक्रमण सुरु भए यता अमेरिकामा बुधबारसम्म चार हजार ७४५ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।
कोरोना भाइरसबाट अमेरिकामा सबैभन्दा बढी प्रभावित न्युर्योक राज्य बन्न पुगेको छ । न्युर्योकमा मात्रै ८३ हजार ७१२ जनामा संक्रमणको पुष्टि भएको छ । एक हजार ९४१ जना संक्रमितको मात्र न्युर्योक राज्यमा मृत्यु भएको छ ।
विश्वब्यापी रुपमा करिब नौ लाख ११ हजार व्यक्तिमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । ४५ हजार ४९७ जना कोरोना संक्रमितको मृत्यु भएको समाचार संस्था सिन्हवाले उल्लेख गरेको छ । हालसम्म कोरोना संक्रमित एक लाख ९१ हजार व्यक्ति संक्रमणबाट मुक्त भएका छन् ।
इटालीमा संक्रमितको संख्या एक लाख १० हजार पुगेको छ । इटालीमा संक्रमित १३ हजारको मृत्यु भइसकेको छ । कोरोना भाइरसबाट दोस्रो सबैभन्दा बढी मानवीय क्षतिको प्रभाव स्पेनमा परेको छ । स्पेनमा करिब एक लाख व्यक्ति संक्रमित छन् । नौ हजार कोरोना संक्रमितको स्पेनमा मृत्यु भइसकेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?