logo
२०८१ फाल्गुन ४ आईतवार



क्वारेन्टाइनमा बसेकाहरु प्रोत्साहन भत्ता सहित घर फर्के

फिचर |


क्वारेन्टाइनमा बसेकाहरु प्रोत्साहन भत्ता सहित घर फर्के


अर्जुन काफ्ले
स्याङ्जा, चैत्र २१ गते । कारोना भाइरसको महामारीका कारण दुई हप्ता सम्म क्वारेन्टाइनमा बसेकाहरु घर फिर्ता हुन थालेका छन् । स्याङ्जामा पालिकाले निर्माण गरेको स्थानमा क्वारेन्टाइनमा बसेकोहरु घर पिर्ता हुन थालेका हुन् । पालिकाले निर्माणले निर्माण गरेको ठाउँमा क्वारेन्टाइन बसेका १९ जना एकै दिन घर फर्केका हुन् ।

फेदिखोलामा १२, अर्जुन चौपारीमा १०, पुतलीबजारमा नौ, कालिगण्डकीमा तिन जना पालिकाले बनाएको क्वारेन्टाइन स्थलमा बसेका थिए ।
क्वारेन्टाइन बसेका मध्ये फेदिखोलाका नौ, पुतलीबजारका सात, अर्जुन चौपारीका तिन जना एकै दिन घर फर्केका हुन् भने आफ्नै घरमा क्वारेन्टाइनमा बसेकाहरु पनि १४ दिन बसेर पहिलाको अवस्थामा फर्कन थालेका छन् ।  विदेशबाट नेपाल आएकाहरु क्वारेन्टाइन बसेको र दुई हप्ता पश्चात घर फर्कने क्रममा क्वारेन्टाइनमा बसेर विषम परिस्थतीमा सामाजिक उत्तरदायित्व पुरा गरेको भन्दै उनीहरुलाई एक हजारको दरले प्रोत्साहन रकम ब्यवस्था गरेको गाउँपालिका अध्यक्ष घनश्याम सुबेदीले बताउनुभयो ।
क्वारेन्टाइन बसेर घर फर्कनेमा १३ जना भारतबाट आएका, दुई जना क्यु आर ६५२ मा कोरोना संक्रमित सगै आएका युवा र एक जना कतारबाट आएका हुन् भने तिन जना सक्रमित सगै आएकायुवाका परिवार हुन ।

संक्रमित सगै आएका र परिवारलाई स्वाब परिक्षण नेगेटिभ भएको र १४ दिन पुगेकाले घर पठाइएको हो भने अन्य पनि १४ जन क्वारेन्टाइन बसेसगै पठाइएको हो । क्वारेन्टाइन बसको सबैको दैनिक एक पटक स्वास्थ्य परिक्षण गरिदै आइएको र घर फिर्ता हुने समयमा समेत स्वास्थ्य परिक्षण गरी छोडिएको हो ।  चैत्र ८ गतेबाट क्वारेन्टाइनमा बसेका घर फर्काएको बताउदै सुबेदीले अब बाकि रहेकालाई समेत प्रोत्साहन भत्ता दिएर फिर्ता गर्ने बताउनुभयो ।

३२ होम र ३४ जना पालिकाले बनाएको क्वारेन्टाइनमा बसेको र हाल सम्म कुनैमा पनि समस्या नदेखिएकाले घर फिर्ता गरेको प्रजिअ राम बहादुर कुरुम्बाङले बताउनुभयो ।
कोरोना भाइरसको सक्रमण बढ्न नदिन बिदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्ने सरकारको निर्णयलाई परिवारसगै क्वारेन्टाइन बसेर पालना गरेको बताउदै कतार एयरलाइन्समा संक्रमित सगै आएका राजेश गुरुङले स्वब परिक्षणमा नेगेटिभ देखिपछि राहतको महसुस गरेको बताउनुभयो ।

बिदेशबाट फर्केमा सबैलाई क्वारेन्टाइन बसेर आफु, परिवार र गाउँलाई कोरोना भाइरसबाट सुरक्षित गर्न र हुन गुरुङले सबैलाई आग्रह गर्नुभयो ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?