logo
२०८१ मंसिर १० सोमवार



नमूना बन्दै दाङको लकडाउन

फिचर |


नमूना बन्दै दाङको लकडाउन


टीकाबहादुर बस्नेत
दाङ चैत २१ गते । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लकडाउन सुरु गरेको शुक्रबार दशौं दिन पुगेको छ । लकडाउनलाई सफल बनाउन नेपाल प्रहरीले विभिन्न प्रयास जारी राखिरहँदा लकडाउनलाई सफल बनाउन दाङको घोराही उपमहानगरपालिकाले थालेको अभियान नमुना बन्दै गएको छ ।

अत्यावश्यक सामग्री खरिदको निहुमा बजार क्षेत्रमा भिडभाड देखिन थालेपछि उपमहानगरपालिकाले नगरबासीको घरघरमै सामग्री उपलब्ध गराउन थालेको उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिनका लागि लकडाउनलाई प्रभावकारी बनाउने उपाय स्वरुपमा दाङ जिल्ला उद्योग वाणिज्य संघसँगको सहकार्यमा अत्यावश्यक सामग्री घरघरमा पु¥याउन सुरु गरेको भन्दै उपमहानगरपालिका प्रमुख चौधरीले लकडाउन पूर्ण रुपमा सफल भएको बताउनुभयो ।

लकडाउनको छैटौं दिनसम्म बिहान ७ वजेदेखि बिहान ९ वजेसम्म खाद्यान्न, तरकारी, डेरी, फलफूलका पसल खुल्ला राख्ने गरेको भन्दै उपमहानगरपालिका प्रमुख चौधरीले यसो गर्दा भिडभाड बढि हुन थालेपछि घरघरै सामग्री पु¥याउन सुरु गरेको जानकारी दिनुभयो । ‘कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी फैलिदै गएको समयमा यसबाट उपमहानगरबासीलाई बचाउन हामीले लकडाउनलाई पूर्ण रुपमा सफल बनाएका छौं । अत्यावश्यक सामग्री घरघरै पु¥याउने व्यवस्था मिलाएका छौं’, उपमहानगरपालिका प्रमुख चौधरीले भन्नुभयो, ‘दाङ जिल्ला उद्योग वाणिज्य संघसँगको सहकार्यमा खाद्यान्न, फलफूल, दूध, तरकारीलगायतका सामग्री घरघरै पु¥याउने गरेका छौं । यसो गर्दा लकडाउन पूर्णरुपमा सफल भएको छ ।’

बजार क्षेत्रभित्र पर्ने उपमहानगरपालिकाका वडानम्वर १४, १५ र १० का घरघरमा अत्यावश्यक सामग्री पुग्न थालेपछि स्थानीयहरु घरबाहिर निस्कन छाडेका छन् । आफ्नो टोलमा खाद्यान्न, फलफूल, तरकारी बोकेका गाडीहरु माइकिङ गर्दै आएमा आवश्यक सामग्री खरिद गर्नका लागि स्थानीयहरु निस्कने गरेका छन् ।

कोरोना सङ्क्रमणको जोखिमको जिल्लाका दाङ पनि पर्ने भएकाले सम्भावित सङ्क्रमणबाट जोगिन र जोगाउन लकडाउन आवश्यक रहेकाले यसलाई प्रभावकारी बनाउनका लागि घरघरमा सामग्री प¥याउने अभियानको सुरुवात गरेको वडानम्वर १४ का अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो । स्थानीय प्रशासन, उद्योग वाणिज्य संघसँगको समन्वयमा उपमहानगरपालिकाको अभियानले सार्थकता पाउँदै गएको अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रभित्र पर्ने वडानम्वर १५ का अध्यक्ष रमेशकुमार पाण्डेले अत्यावश्यक सामग्री घरघरै पुग्न थालेपछि घरबाहिर निस्कने क्रम कम हुँदै गएको बताउनुभयो । विशेषगरी तरकारी, फलफूल, डेरी र खाद्यान्न पसलमा दिनप्रतिदिन भिड बढ्दै जाँदा कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन वडानम्वर १४,१५ ले संयुक्त बैठकबाट घरघरै सामग्री उपलब्ध गराउने निर्णय गरेको र उक्त कार्यको सर्वत्र प्रसंशा हुँदै आएको बताउनुभयो ।

उता वडानम्वर १० को नारायणपुर बजार क्षेत्रमा नारायणपुर उद्योग वाणिज्य संघसँगको सहकार्यमा घरघरै अत्यावश्यक सामग्री पु¥याउँदै आएको वडानम्वर १० का अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिनुभयो । घोराही उपमहानगरपालिकाले लकडाउनलाई प्रभावकारी बनाउनका लागि सुरु गरेको अभियानलाई आफूहरुले अगाडि बढाउँदै लगेको दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ । वडानम्वर १४ र १५ का वजार क्षेत्रमा गत मंगलबारदेखि नै घरघरै अत्यावश्यक सामग्री सःशूल्क उपलब्ध गराउन सुरु गरेको संघका अध्यक्ष नाराण भुसालले जानकारी दिनुभयो ।

खाद्यान्न, तरकारी, दूध र ग्याँसका ४÷४ वटा गाडीहरु टोलटोलमा पु¥याएको भन्दै संघका अध्यक्ष नारायण भुसालले वजार मूल्यमै घरघरमै सामग्री उपलब्ध गराइएको जानकारी दिनुभयो ।
संघले अत्यावश्यक सामग्री उपलब्ध गराउनका लागि जिम्मेवारी तोकेको अध्यक्ष भुसालले जानकारी दिनुभयो । ग्याँसका लागि महासचिव नरेश कार्की, खाद्य सामग्रीका लागि उपाध्यक्ष टंकसिंह बुढाथोकी, मासुजन्य पदार्थका लागि सदस्य महेन्द्र बुढाथोकी, दूग्धजन्य पदार्थका लागि सदस्य पिताम्वर शर्मा र तरकारी तथा फलफूलका लागि सदस्य रामप्रसाद पोख्रेललाई जिम्मेवारी तोकिएको भुसालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?