logo
२०८१ मंसिर १० सोमवार



मलामीको नक्कली पासमा यात्रु ओसार पसार, यात्रु पुगे क्वारेन्टाइनमा

फिचर |


मलामीको नक्कली पासमा यात्रु ओसार पसार, यात्रु पुगे क्वारेन्टाइनमा


अर्जुन काफ्ले
स्याङ्जा, चैत्र २३ गते । कोरोना भाइसरका कारण सरकारले लकडाउन गरेर आ आफ्ना घरमा बस्न अनुरोध गरेको छ, तर सरकारी निर्णयलाई अबज्ञा गर्दै प्रसासनसँग मलामी बोक्ने पास बनाएर दुरुपयोग गरी यात्रु बकोकिएको छ ।

चैत्र १६ गते निधन भएर अन्त्येष्ठि गरिएका वानपा १ का सुर्य प्रसाद रेग्मीको अन्त्येष्ठिका लागि पास बनाएर स्याङ्जामा यात्रु ओसार पसार गरिएको हो ।
जिल्ला प्रसासन कार्यालय कास्कीबाट चेत्र २१ देखि २५ सम्मको पास बनाएर पोखरामा कोठामा बसेकालाई फेसबुक मार्फत सुचना जारी गरेर र कोठामा फोन गरेर तोकिएको भन्दा दोब्बर भाडा लिएर यात्रु ओसार पसार गरिएको हो ।

कास्कीको सहायक प्रजिअ श्रीनाथ पौडेलले जारी गरेको पासमा यदि अत्यष्ठिको लागि भएमा पनि एक दिनको दिनु पर्नेमा पाचँ दिनको दिनु र भाडा दोब्बर हुनुले मिलेमोतोमा गरिएको अनुमान लगाउन सकिन्छ ।

ग १ ख ९२४७ नम्बरको सवारी साधनमा पास बनाएर पुतलीबजारका पाचँ जना, भिरकोटका चार जना, वालिङ्का दुई जना, फेदिखोलाका नौ जना र अर्जुन चौपारीका ३३ जना गरी कुल ५३ जना छ महिना देखि ४८ बर्ष सम्मका यात्रु ओसार पसार गरिएको हो ।

बसमा यात्रा गरेका यात्रुहरु अर्जुन चौपारी १ मा मजुवामा एका एक झरेपछि प्रहरी, जनप्रनिधी र स्थानियले खोजी गर्दा पासको दुरुपायोग गर्दै यात्रा गरेको भेटिएको हो ।
प्रसासनमा स्याङ्जा पोखरा सम्पर्क समाजका अध्यक्ष लिला पंगेनीको निबेदनमा पास लिइएको छ भने सामाजिक संजाल फेसबुकमा प्रताप पौडेलले घर जानेलाई सम्पर्क आग्रह गर्नु भएको छ ।
यात्रु ओसार पसार गर्ने बसलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ भने यात्रा गर्ने अर्जुन चौपारीका ३३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । बसमा यात्र गर्ने अन्य भने आ आफ्नो घरमा पुगेका छन् ।

पास जारी गर्ने कास्कीका सहायक प्रजिअ पौडेलले सानो गाडी भनेर आफुले पास बनाएको बताएर बच्ने प्रयास गेरपनि पास भने बसको दिनु भएको छ ।
पास दिएको आफुले घटना घटेपछि थाहा पाएको बताउदै कास्कीका प्रजिअ ज्ञान नाथ ढकालले छानबिन अगाडी बढाएको र दोशीलाई कारबाही गर्ने बताउनुभयो ।
यता जिल्ला प्रहरी कार्यालयले पास बनाउे, सुचना जारी गर्ने र सवारी साधन चलाउने चाल तथा घटना सगँ जोडिएका सबैलाई मुद्धा चलाएर कारबाही गर्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बिमलराज कणेले जानाकारी दिनुभयो ।

चालक र सहचालक पत्राउ परिसकको र अन्यलाई कास्की प्रहरीसगँ पक्राउको लागि प्रक्रिया अगाडी बढाएको एसपी कर्णेलले बताउनुभयो ।
फेसबुकको सुचना फोन गर्दा गाउँपालिकाले पहलमा गाडी ब्यवस्था गरेको बताएपछि आफु आएको बताउदै अचौ १ की लिला अर्यालले गलत सुचता निकालेर आफुहरुलाई ल्याउनेलाई कारबाही गर्न माग गर्नुभयो ।

 

 

 

 

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?