logo
२०८१ असोज ६ आईतवार



न्युर्योकस्थित चिडियाखानाको बाघमा कोरोना भाइरस संक्रमणको पुष्टि

फिचर |
स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


न्युर्योकस्थित चिडियाखानाको बाघमा कोरोना भाइरस संक्रमणको पुष्टि


इश्वरचन्द्र झा
काठमाडौं, चैत्त २४ गते । अमेरिकी चिडियाखानाको एक बाघमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । न्युर्योक शहरस्थित ब्रोन्क्स चिडियाखानाको चार वर्षको मल्यान बाघमा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।
ब्रोन्क्सस चिडियाखानाले लोवास्थित राष्ट्रिय पशु प्रयोगशालामा गरिएको परीक्षणले बाघमा कोभिड–१९ को संक्रमणको पुष्टि भएको उल्लेख गरेको छ । नादिया, उसकी बहिनी अजुल र दुई अन्य अमुर बाघ र तीन अफ्रिकी सिंहमा पनि सुख्खा खोकी देखिएको चिडियाखानाले जनाएको छ । चिडियाखानाको रेखदेख गर्नेबाट कोरोनाको संक्रमण बाघमा फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।
चार वर्षीया संक्रमित बाघमा खानाप्रतिको रुचीमा कमी देखिएको छ । तर उसले चिडियाखाना रेखदेखमा संलग्न तथा पशु हेरचाह विज्ञसँग अन्तरक्रिया गरिरहेको पाइएको छ । चिडियाखानाको अन्य कुनै पनि जनावरमा संक्रमणको लक्षण देखिएको छैन् । संक्रमण देखिएको अन्य बाघलाई पनि टाइगर माउन्टैन एरियामा राखिएको चिडियाखानाले उल्लेख गरेको छ ।
वन्यजन्तु निकुञ्ज समाजले न्युर्योकमा चारवटा चिडियाखाना सञ्चालन गर्दै आएको छ । चारवटै चिडियाखाना सर्वसाधारणका लागि मार्च १६ देखि बन्द अवस्थामा छन् । अमेरिकामा कुनै पनि जनावरबाट मानिसमा कोरोनाभाइरस संक्रमण फैलेको अहिलेसम्म पुष्टि नभएको चिडियाखानाले आफ्नो वक्तब्यमा उल्लेख गरेको छ । निकुञ्ज विज्ञहरुले भने सावधानीका उपायहरु समयमै अपनाउन आग्रह गरेको छ । अन्य जनावरमा पनि कोरोना संक्रमण फैल्ने सक्ने जोखिम रहेकोले सतर्क रहन समेत उनीहरुले जोड दिएका छन् ।

(बीबीसी विश्व सेवाकाे समाचारमा आधारित) 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?